आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जनप्रिय बहुमुखी क्याम्पसमा विएमटिएम स्पोर्ट मिट सुरु

जनप्रिय बहुमुखी क्याम्पसमा विएमटिएम स्पोर्ट मिट सुरु


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८१, आइतबार

पोखरा/पोखराको जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ ।  स्पोर्ट मिटको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा जनप्रियले नेपालमै पहिलो पटक स्वायत्त कार्यक्रम अन्तर्गत पर्यटन शिक्षा सञ्चालन गरेको दावी गर्दै खेलकुद र पढाइसँगसँगै लैजादा विद्यार्थीको सर्वाङ्गीण विकास हुने कुरामा जोड दिए् ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीका हरेक समस्यामा क्याम्पसले आवश्यक सहयोग गरी अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र खेलकुद पूर्वाधारमा थप लगानी गर्ने बताए ।   स्वायत्त कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले विएमटिममा ‘लर्न विथ फन’ वातावरण रहेको जनाउँदै कक्षाकोठाभन्दा बाहिर फिल्ड भिजिट, ट्रेकिङ, साहसिक खेलकुदमा विएमटिएमले आफ्ना गतिविधि गरिरहेको जानकारी दिँदै स्पोर्ट मिटले विद्यार्थीबिच मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने बताइन ।  स्पोर्ट मिट समुद्घाटन कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष विकास थापामगर, दिननाथ लामिछाने, शिलु चालिसे, उपेन्द्र चौधरी, रमेश चालिसे, सुजन भट्टराई, उपप्रशासक एकनारायण अर्याल लगायतका वक्ताले शुभकामना दिएका थिए । आइतबार सुरु भएर ३ दिनसम्म चल्ने स्पोर्ट मिटमा फुटसल, बाघचाल, बास्केटबल, भलिबल, व्याटमिन्टन, मार्बल स्पोन, फिफा, बुद्धिचाल, टग अफ वार, सटपुट, टेबुल टेनिस, एटबल पुल लगायतका खेल रहने छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->