आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उद्घाटन खेल श्रीमेहर गण र आयोजक एकता क्लबबीच हुने

उद्घाटन खेल श्रीमेहर गण र आयोजक एकता क्लबबीच हुने


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०८१, सोमबार

बागलुङ/बागलुङ एकता युवा क्लबको आयोजनामा दोश्रो स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबका ८ जना पूर्व सदस्यहरुको स्मृतिमा आयोजना गरिने खुला फुटबल प्रतियोगिताको आइतवार ट्रफी सार्वजनिक गरिएको छ ।
खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।
सोमबारदेखि शुरु हुने खेलका लागि नेपाली सेनाको श्रीमेहर गण र मुस्ताङस्थित नारायण दल गणसहित १४ टिम सहभागि हुने भएका छन् । खेललाई साबिकको धौलागिरि अञ्चल स्तरीय बनाउन लागिएको हो । खेलको पहिलो दिन सोमबार सेनाको श्रीमेहर गण र आयोजक एकता युवा क्लबबीच खेल हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेल ६६ हजार ६ सय ६६ रुपैयाँ नगद र मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने भएको आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।
खेलका लागि झण्डै ८ लाख ५० हजार खर्च हुने अनुमान छ । त्यसका लािग आयोजकले सदस्य र बिदेशमा बसेका युवाहरुको साथबाट ६ लाख रुपैयाँ संकलन गरिसकेको छ । सहयोग आउने क्रमजारी रहेको कार्यक्रम संचालक रोहन जिसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->