आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दुई विभागिय टोलीको उत्कृष्ट प्रर्दशनसहित विजयी शुरुवात

दुई विभागिय टोलीको उत्कृष्ट प्रर्दशनसहित विजयी शुरुवात


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०८१, सोमबार

बागलुङ/सोमबारदेखि सदरमुकामस्थित बाङ्गेचौर खेल मैदानमा शुरु भएको दोस्रो स्मृति कप फुटबल टुर्नामेन्टमा दुई विभागिय टोलीले उत्कृष्ट प्रर्दशन गर्दै विजयी शुरुवात गरेका छन् ।
नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेले उद्घाटन खेलमा आयोजक टोली बागलुङ एकता क्लबलाई भारी गोल अन्तरले स्तब्ध बनाउँदा सेनाकै अर्काे टोली नारायण दल गण मुस्ताङले घरेलु टोली खेलकुद विकास समिति बागलुङ नगरपालिका वडा नं. ६ लाई ४–० गोल अन्तरले निराश बनायो । नारायण दल गणको जितमा धिरेन्द्र शाहीले प्रतियोगितामा पहिलो ह्याट्रिक समेत गरेका छन् ।
उद्घाटन खेलमा आयोजक बागलुङ एकता क्लबविरुद्व श्रीमेहर गणले सहज निकाल्यो । श्रीमेहरले एकतालाई ०–३ गोलले निराश बनाएको हो । श्रीमेहरको जितमा विकास मगरले खेल शुरु भएको ५ मिनेटमै आर्कषक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै फितलो खेल प्रर्दशन गरेको आयोजक एकतालाई निराश बनाउन प्रकाश निरौला र जीवन राईले एक÷एक गोलको योगदान गरे । श्रीमेहरले अब दोस्रो चरणको खेलमा बुधबार डिपिओ बागलुङको सामना गर्नेछ ।
यस्तै, प्रतियोगिताको दोश्रो खेलमा विजयी शुरुवात गरेको नारायण दल गणका लागि धिरेन्द्र शाहीले पहिलो हाफको १४, ३१ र दोस्रो हापको ३१ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । नारायण दलको जितमा सुनिल चौधरीले थप गोल थपे । नारायण दलले बुधबार हुने दोस्रो खेलमा संकल्प पुर्नस्थापना केन्द्रको सामना गर्नेछ ।
प्रतियोगिताको दोस्रो दिन भोलि मंगलबार तीन खेल हुने छन् । दोस्रो दिनको पहिलो खेल आदर्श विद्यामन्दिरविरुद्व वडा नं. ६ (विवाईसी), दोस्रो खेल चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबविरुद्व इन्सपायर ग्लोबल र तेस्रो खेल रिभरसाइड बेनीविरुद्व गुठी युनाईटेड क्लबविरुद्व हुने आयोजक क्लबका अध्यक्ष इन्सान थापाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन क्लबका सदस्य मन कुमारी केसीले गरेकी थिइन्प । उद्घाटन कार्यक्रममा बानपा १ का वडा अध्यक्ष जय बहादुर केसी, वडा नं. २ का अध्यक्ष सुरज बोसेल, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका अध्यक्ष इन्सान थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन रोहन जिसीले गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेल ६६ हजार ६ सय ६६ रुपैयाँ नगद र मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने भएको आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।
खेलका लागि झण्डै ८ लाख ५० हजार खर्च हुने अनुमान छ । त्यसका लािग आयोजकले सदस्य र बिदेशमा बसेका युवाहरुको साथबाट ६ लाख रुपैयाँ संकलन गरिसकेको छ । सहयोग आउने क्रमजारी रहेको कार्यक्रम संचालक रोहन जिसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->