आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ट्राइबेकरमा रिभरसाइड अभागी हुँदा गुठी युनाईटेडलाई राहत

ट्राइबेकरमा रिभरसाइड अभागी हुँदा गुठी युनाईटेडलाई राहत

मंगलबार भएका खेलमा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले इन्सपायर ग्लोबल र आदर्श विद्यामन्दिरले बानपान ६ बिवाईसीलाई भारी गोलले पराजित गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८१, मंगलबार

बागलुङ/ट्राइबेकरमा रिभरसाइड बेनीका गोलकिपर सन्तोष महत चुक्दा प्रतियोगिताको सशक्त उपाधि दाबेदार मानिएको गुराँस गुठी युनाईटेड क्लबले राहतको महशुस गरेको छ । बागलुङ एकता क्लबले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिन भएको तेश्रो खेलमा छिमेकी टोली रिभरसाइड बेनीले गुराँस युनाईटेडविरुद्व एक गोलको अग्रता जोगाउन नसक्दा ट्राइबेकरमा पराजय हुँदै घर फर्किएको छ । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेपनि रिभरसाइडका गोलकिपर महत अन्तिममा गोल गर्न चुके । महतको सशक्त प्रहारलाई गुठी युनाईटेका गोलकिपर सिजन राना मगरले बिफल बनाएपछि बेनी निराश बन्यो । ट्राइबेकरमा गुराँस गुठी युनाईटेडले ५–४ गोलको संघर्षपूर्ण जित निकाल्यो ।
ट्राइबेकरमा रिभरसाइडका पुरन छन्त्याल, रविन खड्का, संजोग महर्जन र सविन खड्काले गोल गरे भने गुराँस गुठी युनाईटेडकोका जितका लागि सन्तोष पुन, किरण थापा, सम्राट लिम्बु, अभिषेक बोहरा र अभिषेक रानाले गोल गर्न सपल भए । यसअघि खेलको दोस्रो हाफमा मनिष श्रेष्ठको गोलमा अग्रता लिएको रिभरसाइडले गोल गर्ने राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित भएको छ । निकै नै प्रतिष्पर्धात्मक खेलमा गुठीलाई बराबरीमा फर्काउन अभिषेक रानाले उत्कृष्ट गोल गरेपनि त्यो पर्याप्त हुन सकेन ।


गुठी अब प्रतियोगिताको सशक्त टोली आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब (एभिएम)को सामना गर्ने छ । आदर्श विद्यामन्दिरले मंगलबार नै सम्पन्न खेलमा बागलुङ नगरपालिका ६ (बिवाईसी) माथि ५–१ गोलको वर्षा गर्दै आफुलाई प्रतियोगिताको उपाधि दाबेदारी प्रस्तुत गरेको छ । एभीएमले विदेशी खेलाडि जाफा कोनामलाई समेत टोलीमा भित्राएको छ । कोनामले बानपा ६ विरुद्वको खेलमा ह्याट्रिक गर्दा विपुल गौतमले एक गोल थपे । बानपा ६ का लागि साजन छन्त्यालले सान्त्वना गोल गरेका थिए ।
यस्तै, मंगलबार नै भएको अर्काे खेलमा घरेलु खेलमा आफुलाई उत्कृष्ट सावित गर्दै आएको चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले इस्पायर ग्लोबललाई ५–० गोलले निराश बनाएको छ । चिल्ड्रेनको जितमा सरोज दर्लामीले २, विनम थजाली, राजिव श्रीस, वरदान थापाले एक÷एक गोलको योगदान गरे । चिल्ड्रेनले अब बुधबार हुने पर्पल हेज र रुद्रेपिपल युवा क्लबबीच हुने खेलको विजयी टोलीसंग प्रतिष्पर्धा गर्ने बागलुङ एकता युवा क्लबका अध्यक्ष इन्सान थापाले जानकारी दिए ।
प्रतियोगिताको चौथो तीन खेल हुँदैछन् । प्रतियोगिताको पहिलो खेल पर्पल हेजविरुद्व रुद्रेपिपल, नेपाली सेनाको विभागि टोली श्रीमेहर गणविरुद्व डिपिओ बागलुङ र तेश्रो खेल सेनाकै टोली नारायण दल गण मुस्ताङविरुद्व संकल्प पुर्नस्थापना केन्द्रबीच हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेल ६६ हजार ६ सय ६६ रुपैयाँ नगद र मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने भएको आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।
खेलका लागि झण्डै ८ लाख ५० हजार खर्च हुने अनुमान छ । त्यसका लािग आयोजकले सदस्य र बिदेशमा बसेका युवाहरुको साथबाट ६ लाख रुपैयाँ संकलन गरिसकेको छ । सहयोग आउने क्रमजारी रहेको कार्यक्रम संचालक रोहन जिसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->