सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

त्रिभुवन माविको ७५औं बार्षिकोत्सवः प्रविधिमैत्री शिक्षामा जोड

त्रिभुवन माविको ७५औं बार्षिकोत्सवः प्रविधिमैत्री शिक्षामा जोड


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८१, बुधबार

बागलुङ/जिल्लाको बलेवा पैयुँपाटामा रहेको पुरानो विद्यालय त्रिभुवन माविले आफ्नो ७५औं बार्षिकोत्सव रचनात्मक क्रियाकलाप सहित मंगलवार मुलसमारोह गरेर मनाएको छ । वलेवा क्षेत्रको जेठो उक्त विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी बक्ताले बिद्यालयलाई प्रविधिमैत्री र व्यवहारिक ज्ञान दिने विद्यालयको रुपमा स्तरउन्नती गर्नुपर्नेमा जोड दिए ।
बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री तथा विद्यालयका पूर्व विद्यार्थी कृष्ण प्रसाद पाठकले गण्डकी प्रदेशभित्र नै गरिमामय इतिहास बनाउन सफल विद्यालयलाई प्रविधिमैत्री बनाएर मुलुकको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नुपर्नेमा बताए ।
‘यो स्कुल यसक्षेत्रकै महत्वपूर्ण छ, यसलाई सवैक्षेत्रको साथ र सहयोग पनि प्राप्त भइरहेको छ, अव यसलाई पुरै प्रविधिमैत्री बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्दछ ।’ मन्त्री पाठकले भने, ‘हामी तपाई अभिभावक, शिक्षक र विद्यार्थीको साथमा छौ, यसलाई असल र गणनायोग्य बनाउन लागौं ।’
शिक्षा स्थानीय सरकारको व्यवस्थापनमा चल्ने भएकोले नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउदै मन्त्री पाठकले विद्यार्थीहरुलाई सुरुदेखि नै कृषी उत्पादनसंग जोड्नुपर्नेमा जोड दिए । विद्यालयस्तरबाट स्वास्थ्य र जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउदै उनले सर्ने र नसर्ने रोगको स्क्रिनिङ गर्ने कार्यक्रमलाई प्रदेश सरकारले जोड दिएको उल्लेख गरे ।
बलेवाका तीन वडामा स्वास्थ्य घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी दिदैं मन्त्री पाठकले नगर अस्पताललाई चिकित्सकसहितको जनशक्ति र औषधीको व्यवस्थापन गरिने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले विद्यालयले धेरै राम्रा ब्यक्तिहरुलाई उत्पादन गरेको बताउदै उनीहरुको ज्ञान, शिप र दक्षतालाई पनि स्कुलले उपयोग गर्न सक्नुपर्ने बताए । विद्यार्थीलाई आफ्ना हजुरआमा र वाहरुसंग उनीहरुको विगत बुझ्न आग्रह गर्दै सुवेदीले शिक्षाको महत्व वढ्दै गएको बताए ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न लागेको भन्दै त्यसको सुरुवाट यही ठाउँबाट भएको बताए । ‘माघ ९ गते हामीले बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्दैछौं, हजुरहरुलाई सवैलाई चुलो निम्ता छ ।’ नगरप्रमुख श्रेष्ठले भने, ‘हाम्रो सपना पुरा हुँदैछ ।’
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बार्षिक प्रतिवेदन प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक र विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न प्रतियोगितामा सहभागीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
सो अवसरमा पूर्व बिधार्थी समेत रहेका स्वास्थ्य मन्त्री पाठकलाई विद्यालयले विशेष सम्मान गरेको थियो । उनलाई दोसल्ला, खादा र सम्मान पत्रले विशेष सम्मान गर्यो । त्यस्तै विद्यालयलाई सहयोग गरेका नगरप्रमुख श्रेष्ठ र वडाध्यक्ष नारायण प्रसाद पौडेललाई पनि सम्मान गरिएको थियो ।
विद्यालयलाई सहयोग चन्दादाता र विभिन्न कोष स्थापना गर्ने अभिभावकहरुलाई पनि सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->