बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आइएसएमटी कलेज पोखरामा शुक्रबार ‘विन्टर कार्भिनल’ हुँदैं

आइएसएमटी कलेज पोखरामा शुक्रबार ‘विन्टर कार्भिनल’ हुँदैं


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८१, बुधबार

पोखरा/ पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेजमा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ । कलेजका अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्भिनलको आयोजना गरिएको जानकारी दिए ।

पौडेलका अनुसार कार्भिनलमा परिवर्तन ब्याण्डले सांगीतिक प्रस्तुती दिनेछ। साथै, कलेजमा अध्ययनरत विद्यार्थीले पनि सांगीतिक प्रस्तुती राख्नेछन् । उक्त कलेजले समय समयमा विभिन्न खालका गतिविधि तथा सामाजिक कार्यहरु गर्दै आएको छ । आइएसएमटी कलेज पोखराले बिबिए (बिजनेस) सम्बन्धमा बिएचएम, बिएस्सी आइटी, (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आइएसएमटी ग्रुपले पोखरासँगै, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बिबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बिएचएम, बिएस्सी, आइटी, आइटी (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->