बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०८१, मंगलबार

तनहुँ/ पृथ्वीराजमार्गको तनहँुस्थित व्यास नगरपालिका–१२ तल्लो छिर्कनमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास–५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र सोही ठाउँकी ४० वर्षकी मधुमाया आले रहेको तनहुँ प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका सूचना अधिकारी एवं डिएसपी अशोक थापाका अनुसार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग.प्र. ००३–००१ प ०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान ८ बजेर २० मिनेटको समयमा आफै अनियन्त्रित भई सडकको बाँया साइडको कल्भर्टमा ठोक्किएको थियो । मोटरसाइकलमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->