शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ देखि

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ देखि


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०८१, मंगलबार

पोखरा/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही माघ २१ गते बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले माघ २१ गते प्रदेश सभाको अधिवेशन डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले बताए ।

प्रदेश सभाको बर्खे अधिवेशन गत असोज ८ गते अन्त्य भएको थियो । बिधेयक अधिवेशन समेत भनिने हिउँदे अधिवेशनका लागि प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन छन् । सरकारले थप विधेयक दर्ता गरेको छैन । प्रदेश सभाको सार्वजनिक लेखा समितिको केही समय अघि भएको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->