सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङका बामपन्थी नेता पूर्वमन्त्री शर्माको निधन

बागलुङका बामपन्थी नेता पूर्वमन्त्री शर्माको निधन


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०८१, मंगलबार

बागलुङ/पूर्व ऊर्जा राज्यमन्त्री, संविधान सभा सदस्य तथा बागलुङका बामपन्थी नेता रामजीप्रसाद शर्माको निधन भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य समेत भइसकेका शर्माको भारतस्थित एक अस्पतालमा उपचारको क्रममा सोमवार निधन भएको हो । मृगौलामा समस्या आएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । मृगौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको बताइएको छ । शर्मा बागलुङका पुराना बामपन्थी नेता हुन् । पछिल्लो समय उनी नेकपा एकिकृत समाजवादीमा क्रियाशिल थिए । उनी एकिकृत समाजवादी गण्डकी प्रदेश कमिटीका निवर्तमान अध्यक्ष तथा पूर्व स्थायी समिति सदस्य हुन् ।
शर्माको शव बुधवार बेलुकासम्म बागलुङस्थित घरमा ल्याईपुराइने र विहिवार विहान अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गर्ने कार्यक्रम रहेको एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमल घिमिरेले बताए । शर्मालाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बुधवार नै बागलुङ आईपुग्ने कार्यक्रम तय भएको इन्चार्ज घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->