आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अब पाउनेछन् खेलकर्मीले ‘प्रदेश खेलकुद पदक’

अब पाउनेछन् खेलकर्मीले ‘प्रदेश खेलकुद पदक’

गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन कार्यविधि २०८१ पारित भएको हो ।


  • विजय नेपाली
  • माघ ९ २०८१, बुधबार

पोखरा/नेपाली खेलकुदमा पहिलो पटक गण्डकी प्रदेशले अघि सारेको खेलकुद पदकका लागि अब बाटो खुल्ला भएको छ । गण्डकी प्रदेशको खेलकुदमा योगदान दिने खेलाडी तथा खेलकर्मीको सम्मानका लागि अघि सारिएको ‘गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन कार्यवित्रि २०८१’ पारित भएसँगै अब खेल क्षेत्रका व्यक्तिहरु विभुषित हुने भएका छन् ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले परिषदले अघि सारेको योजनाले सार्थकता पाएको बताए । उनका अनुसार खेलकुदको क्षेत्रमा यो नयाँ आयाम हो यसले खेलाडी, पुर्व खेलाडी र खेलकर्मीलाई खेलकुद प्रति थप सेवा गर्न प्रेरित गर्नेछ । खेलाडी वा खेलकर्मीले आफ्नो जिवनको उर्जावान समय खेलकुदमा खर्च गरेपछि खेलकुदबाट केहि नपाउने अवस्थामा यस पदकले सानो भएपनि सम्मान मिल्नेमा आफुहरु आशावादी रहेको शर्माले बताए । ‘मन्त्री परिषदको बैठकले कार्यविधि पारित गर्नु सुखद पक्ष हो । यसले खेलकुदमा जिवन विताउनेहरुलाई पक्कैपनि सम्मानित भएको महसुुुस हुनेनै छ’ उनले भने, ‘गण्डकी प्रदेश खेलकुद पदक, खेलकुद क्षेत्रमा नयाँ आयाम हो । अब हामी खेलकुद क्षेत्रका सम्पुर्ण पदाधिकारी, खेलकर्मी र खेलप्रेमी ज्युहरुबाट यस्को गरिमा र ब्यवस्थापन गर्ने कार्यमा सबैको सहयोग प्राप्त हुने बिश्वास लिएको छु ।’
युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेशमा खेलकुदको पूर्वाधारहरु बन्ने क्रममा रहँदा खेलकुद पदकले खेलाडी, प्रशिक्षक, रेफ्री लगायत खेलकर्मीमा थप उर्जा थप्ने बताए । गण्डकी प्रदेश पर्यटनसँगै खेलक पर्यटनका लागि समेत त्यत्तिकै प्रख्यात रहँदै आएको सुनाउँदै खेलकुदको क्षेत्रमा खेल पदकले ठूलो भूमिका खेल्नेमा आफु आशावादी रहेको सुनाए । संघियता कार्यान्वयनको पक्षमा अहिले खेलकुद पनि लागिरहेको उनको भनाइ छ ।
कार्यविधि पारित भएसंगै प्रदेश खेलकुद पदकबाट हरेक वर्ष २१ जना विभुषित हुनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकुदमा विशेष योगदान दिएका व्यक्ति, रेफ्रि, व्यवस्थापक, अफिसियल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजक संस्था, प्रायोजक संस्था, खेलकुद प्रतियोगिताहरुमा सहयोग गर्ने संघ–संस्था, खेल पत्रकार तथा सञ्चार गृह एवं खेलाडी कल्याणकारी कोषका सहयोगीलाई विभुषित गरिनेछ । प्रदेश खेलकुद परिषद गण्डकीले सञ्चालन गर्ने प्रदेश खेलकुद पदकको संरक्षक गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री हुने व्यवस्था कार्यविधिमा रहेको छ ।
प्रदेश खेलकुद पदकले खेलकुद प्रतिको भावना जागरुक बनाउन महत्वपूर्ण भुमिका रहने विश्वास गरिएको छ । समग्र खेल जिवनसंग सम्बन्धित खेलाडी, फर्म, संघ संस्थाहरुको हकहित संरक्षण गर्दै मर्यादित गराउने पदकको उदेश्य रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->