आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाह्रौं लिटिल स्टेप यु–१२ पुरुष र महिला ह्यान्डबल प्रतियोगिता माघ १६ र १७ मा 

बाह्रौं लिटिल स्टेप यु–१२ पुरुष र महिला ह्यान्डबल प्रतियोगिता माघ १६ र १७ मा 


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८१, सोमबार

पोखरा/ पोखराको सिमलचौरस्थित लिटिल स्टेप माविले बाह्रौ संस्करणको लिटिल स्टेप यु–१२ पुरुष र महिला ह्यान्डबल टुर्नामेन्ट गर्ने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनमार्फत टुर्नामेन्टको सबै तयारी पुरा भएको जनाएको छ ।
यही माघ १६ र १७ गते विद्यालय परिसरमा सञ्चालन हुने उक्त टुर्नामेन्टमा ५ कक्षा भन्दा तलका र १२ वर्ष उमेरमुनिका विद्यार्थीलेमात्र भाग लिन पाउने छन् ।

प्रतियोगितामा पोखरा महानगरभित्रका विभिन्न सरकारी तथा संस्थागत विद्यालयका छात्रतर्फ २१ टिम र छात्रातर्फ १३ टिम गरि ३४ टिमको सहभागिता हुने आयोजक लिटिल स्टेप माविका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले बताए । हृयाण्डबल खेलका लागि उपकरण, प्रविधि, प्राविधिक, प्रशिक्षक, रेफ्री आदिको सुलभता नेपालमा त्यति अझ पनि नभइसकेको अवस्थामा मोफसलबाट गरिएको यो प्रयासलाई सबै पक्षबाट सहयोग प्राप्त हुने आशा पनि उनले गरे ।
अध्ययन अध्यापनका साथसाथै विद्यार्थीहको शारीरिक, मानसिक एवम् बौद्धिक विकासका लागि यस टुर्नामेन्टलाई निरन्तरता दिइएको गुरुङको भनाई छ । निजी क्षेत्रबाट पनि खेलकुदको विकासमा टेवा पुऱ्याउन तथा हृयाण्डबल खेललाई बालबालिकाको सहज पहुँचमा पुऱ्याई यसको प्रभाव क्षेत्र विस्तार गर्दै भविष्यमा राष्ट्रव्यापी बनाउन टुर्नामेन्टलाई निरन्तरता दिइएको उनले बताए ।

टुर्नामेन्ट संयोजक विनोद गिरीले अध्ययन, अध्यापन वा विशुद्ध शैक्षिक गतिविधिहरूले मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव नभएको र शारीरिक, मानसिक एवम् बौद्धिक विकासका लागि खेलकुदले पनि उत्तिकै महत्व राख्छ भन्ने तथ्यलाई मनन गरी यो टुर्नामेन्ट गर्दै आएको बताए । निजी तवरबाट, खेलकुदको विकासमा टेवा पुर्याउन, हयाण्डवल खेललाई बालबालिकाको सहज पहुँचमा पुराई यसको प्रभाव क्षेत्र विस्तार गर्दै भविश्यमा राष्ट्रव्यापी बनाउन, खेलकुदको माध्यमबाट प्रतियोगीबीच आपसी भाइचारा, स‌द्भाव, सहकार्य तथा सहभावसहित अनुशासनको महत्व बालबालिकामा जगाउने उद्देश्यले टुर्नामेन्टको आयोजना गर्दै आएको उनको भनाई छ । साथै बालबालिकालाई खेलकुदले पार्ने सकारात्मक प्रभावबारे अभिभावकलाई बोध गराउन र बालबालिकाहरूलाई समेत वृहत खालका खेलकुद प्रतियोगितामा खरो उत्रन सक्ने बातावरण सृजना गर्ने अवसर प्रदान गर्ने यसको उद्देश्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->