आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनप्याब्सन बागलुङको आयोजनामा स्पोर्टस् मीट हुने

एनप्याब्सन बागलुङको आयोजनामा स्पोर्टस् मीट हुने


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८१, मंगलबार

बागलुङ/नेशनल प्याब्सन बागलुङ नगर समितिको आयोजनामा स्पोर्टस् मीट २०८१ हुने भएको छ । माघ १६ गतेदेखि १८ गते सम्म संचालन हुने स्पोर्टस् मीटमा एनप्याब्सनमा आबद्द ८ विद्यालयले भाग लिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा छात्र र छात्राको १ सय मीटर दौड, २ सय मीटर दौड, ४ सय मीटर रिले दौड रहने छन् । त्यस बाहेक लङजम्प, त्रिपलजम्प, हाइजम्प, सटपुट र भाला हान्ने खेल हुने भएको हो । त्यस बाहेक छात्रातर्फ कबड्डी र छात्रतर्फ फुटबल तथा महिला शिक्षकका लागि रस्साकस्सी र पुरुष शिक्षकका लागि व्याडमिन्टन प्रतियोगिता पनि हुने भएको छ ।
खेलमा प्रथम र द्वितिय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ । त्यस बाहेक रनिङ शिल्डको पनि व्यवस्थापन गरिएको आयोजकले बताए । पत्रकार सम्मेलन एनप्याब्सन नगर समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता र सचिव निशान खड्काको संचालनमा सम्पन्न भएको थियो । उक्त अबसरमा एनप्याब्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्मा र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->