आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भारतको कुम्भ मेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

भारतको कुम्भ मेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८१, बुधबार

काठमाडौं/ भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । अन्य ६० जना घाइते भएका छन् ।

महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । मृतकमध्ये २५ जनाको सनाखत भइसकेको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।

तर, मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । मानिसहरूको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरू हटाएर सडक खुला गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->