आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा १७ को ड्यामसाइडमा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता माघ २० गते देखि

पोखरा १७ को ड्यामसाइडमा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता माघ २० गते देखि


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०८१, बिहिबार

पोखरा/ पोखराको ड्यामसाइड क्लवको आयोजनामा यही माघ २० गतेदेखि चौथो संस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवका अध्यक्ष रमेशप्रसाद बरालले बताए ।

माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि हुने बिद्यालयले माघ १८ गते साँझ ५ः०० बजेभित्र सम्पर्क गर्न सकिने भएको उनले जनाए । दर्ता निःशुल्क रहेको प्रतियोगितामा करिब १९ बिद्यालयको सहभागिता हुने आयोजकको अपेक्षा छ । प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी बिद्यालयले मात्र सहभागि हुन पाउने छन् । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएका छन् ।

हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको छ भने प्रतियोगितामा सर्वोउत्कृष्टसहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रंदान गरिने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताए । अनुशासित टिम र उदीयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।  गत बर्षको विजेता शान्ति निकुन्ज बोर्डिङ स्कुल रहेको क्लवका महासचिव राकेश श्रेष्ठले बताए । खेलकुदको शहर पोखरामा २०५९ सालदेखि खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले फुटवल खेलको तल्लोस्तर (ग्रासरुट) बाट विकास गर्ने उद्धेश्यले ३ वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिदै आएको निर्वतमान अध्यक्ष प्रताप गुरुङले बताए । क्लबबाट राजेन्द्र तामाङ, रवि थापा, प्रताप शैजु, बसन्त गौचन, विशन गौचन सहितका खेलाडी सहित ए डिभिजनमा खेल्ने करिब २५ जना खेलाडीहरु उत्पादन गर्न सफल भएको क्लवको दाबी छ । क्लवले खेलकुद सहित सामाजिक विभिन्न कार्यक्रम गर्दै आएको पूर्व अध्यक्ष पदम ढकालले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->