बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु

तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

पोखरा/  तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा शनिवार साँझ ६ बजेर ४० मिनेटको समयमा दुर्घटनाग्रस्त भएको थियो ।

टर्निङ कुना साइडमा पल्टिएर भएको दुर्घटनामा भारत बिहारको मिर्जापुर पठाही जिल्लाका ३६ वर्षीय चालक श्रीकान्त कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा साढे ८ बजेर २० मिनेटकाे समयमा चिकित्सकहरुले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले बताए । शव अस्पतालमै राखिएको छ ।
उक्त बुलेटले शक्ति ग्याँस कम्पनीको ग्याँस बोकेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->