आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरामा

बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरामा


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८१, बिहिबार

पोखरा/  बेलायतका राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया विहीबार पोखरा आएका छन् । उनीहरुलाई पोखराका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरा विमानस्थलमा स्वागत गरे ।

स्वागतपछि मेयरले आफ्नो फेसबुक पेजमा भनेका छन्, ‘पर्यटन राजधानी पोखरामा तपाईंहरूको आगमनलाई पोखरावासीहरू हर्ष र सम्मानका साथ स्वागत गर्दछौं। तपाईंहरूको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिएको छु ।’ यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तपाईंहरूलाई स्वागत गर्ने अवसर प्राप्त गर्न पाउँदा म अत्यन्त हर्षित छु भन्दै आचार्यले राजकुमार र अधिराजकुमारीको पोखरा भ्रमण सुखद, अविस्मरणीय, तथा सफल रहोस् भन्ने शुभकामना व्यक्त समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->