बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिमा महेन्द्र

महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिमा महेन्द्र


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८१, बिहिबार

पोखरा/  महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा महेन्द्र खड्का चयन भएका छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन एवं स्वामित्वमा संचालित महेन्द्र तथा चमेरे गुफाको वृहत्तर विकास गर्ने हेतुले विद्यालयको मातहतमा रहने गरी गठित समितिमा खड्कालाई संयोजक चयन गरिएको हो ।

समितिमा निवर्तमान संयोजक ईन्द्रप्रसाद सुवेदी, सदस्यमा भरतवहादुर वस्नेत, प्रेम तिमिल्सीना, ओममाया नेपाली, एकराज नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा, पदेन सदस्यमा पूर्वसंयोजक गुरुदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र सदस्य सचिवमा शिशिर पौडेल रहेका छन् ।समितिको सल्लाहकारमा पूर्वसंयोजक सुवासवावु अधिकारी, गोविन्दवहादुर वस्नेत , यदुनाथ बञ्जरा, समाजसेवी पुष्पराज अधिकारी, केशववहादुर वस्नेत र प्राविधीक सल्लाहकारमा ईन्जिनीयर भुवनवहादुर थापा चयन भएका हुन् ।

नवनियुक्त संयोजक खड्कालाई विहीवार महेन्द्र गुफा चमेरे गुफा सचिवालयमा स्वागत समेत गरिएको छ । संयोजक खड्का र विन्ध्यवासिनी माविका अध्यक्ष सन्दीप थापालाई समितिका सल्लाहकार पुष्पराज अधिकारीले खादा लगाएर सम्मान सहित स्वागत गरे । कार्यक्रममा संयोजक खड्काले सवै पक्षको सहकार्यवाट गुफा क्षेत्रको वृहतर विकासमा समिति क्रियाशील रहने वताए । उनले गुफाका कारण यस क्षेत्रको शैक्षिक, भौतिक र पर्यटकीय विकासमा ठुलो सहयोग पुगेको बताउँदै, यसको थप सौन्दर्यकरणमा ध्यान केन्द्रित गर्ने स्पष्ट पारे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले गुफा जोगाउन र यसको संरक्षण गर्न सके मात्र यहाँको विकास र पर्यटकीय संभावना बढ्ने बताउँदै, यसको विकासमा कुनै कसर वाँकी नराख्ने जनाए । सहभागी सदस्य एवं सल्लाहकारले विद्यालयसँग समवन्य गर्दै अगाडी बढ्दा विद्यालय र गुफा क्षेत्र दुवैको हित हुनेमा जोड दिए । समितिले दुवै गुफाको प्रचार प्रसारका लागी आवश्यक तयारी गर्न सदस्य एकराज नेपालीलाई जिम्मा दिने निर्णय समेत गरेको छ । सो अवसरमा समितिले परिचयका आधारमा पोखरा १६ का वासिन्दालाई निशुल्क प्रवेशको व्यवस्था गर्ने जनाएको छ । समितिले आन्तरिक कार्यलाई व्यवस्थित गर्दै थप पर्यटकमैत्री वातावरण निर्माण गर्न आवश्यक योजना निर्माण गर्ने तयारी गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->