मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा सइन्द्रराज

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा सइन्द्रराज


  • ढोरपाटन संवाददाता
  • माघ ३० २०८१, बुधबार

पोखरा/ रोटरी क्लब अफ पोखरा अन्नपूर्णको हालै सम्पन्न अधिवेशनले वर्ष २०२५/२६ को लागि सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

क्लबको निवर्तमान अध्यक्षमा भानुभक्त भण्डारी, २०२६/२७ कोलागि मनोनित अध्यक्षमा सरोजनारायण बराल, उपाध्यक्षमा निकेशप्रसाद कर्माचार्य, सचिवमा प्रेमबहादुर भुजेल, कोषाध्यक्षमा माधबी पाण्डे, सहसचिवमा पवित्रा थापामगर, एसजिटि एट आम्र्स शुरेसकुमार ध्वजु, क्लब लर्निङ फ्यासिलेटरमा डिल्लीप्रसाद शर्मा, क्लब सम्पादकमा रिना पौडेल र निर्देशकहरुमा विकाशकुमार श्रेष्ठ, चित्रबहादुर गुरुङ, सन्तोष भण्डारी, प्रिति पाण्डे, बबिन नेपाली चयन भएका निर्वाचन संयोजक तोयबहादुर भट्टराईले वताए ।

त्यसैगरी क्लब प्रशासन संयोजकमा इश्वरप्रसाद कर्माचार्य, क्लब सर्भिस संयोजकमा तोयबहादुर भट्टराई, क्लब पब्लिक इमेज संयोजकमा लक्की कार्की क्षेत्री, रोटरी फाउण्डेसन संयोजकमा रामप्रसाद वस्ताकोटी र युवा सेवा संयोजकमा युवराज लामिछाने चयन भएका छन् ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष सइन्द्रराज श्रेष्ठले समाज केन्द्रित परियोजनाहरु संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->