मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

१५३ फरार प्रतिवादी पक्राउ 

१५३ फरार प्रतिवादी पक्राउ 


  • ढोरपाटन संवाददाता
  • माघ ३० २०८१, बुधबार

पोखरा/  जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयले माघ महिनाभर १५३ फरार प्रतिवादी पक्राउ गरेका छन् । अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका  १२५ पुरुष र २८ जना महिला प्रतिवादी पक्राउ परेको कास्की प्रहरीका निरीक्षक अविनाशदीप जिसीले बताए । उनीहरुलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको उनले बताए ।

पक्राउ परेकाहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ रुपैयाँ जरिवाना असुल हुनेछ । पक्राउ पर्नेमा चेक अनादार मुद्दाका ९६ जना, लागू औषध सम्बन्धी मुद्दाका १४ जना, बैंकिङ कसूर मुद्दाका १८ जना, अभद्र व्यवहार मुद्दाका ५ जना छन । यसैगरी न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेको सम्बन्धी मुद्दामा २ जना, स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दामा २ जना, सवारी ज्यान र कुटपिट मुद्दामा एकएक जना, जालसाझी मुद्दामा ४ जना, लेनदेन मुद्दामा १ जना, चोरी मुद्दामा ९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->