पोखरा/ गण्डकी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले प्रदेश सभाले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै नेपालीले बिधेयक र कानुन निर्माण गरेर मात्र उम्कने ठाउँ नरहेकाले कार्यान्वयनका विषयमा छलफलको आवस्यकता रहेको औल्याए ।
‘एउटा प्रश्न उठेको छ, की प्रदेशसभाले बनाएको कानुनको कार्यान्वयनको प्रश्न । त्यसको प्रभावकारीताको प्रश्न । जुन सरोकारवालालाई बनाएको कानुन बनाएका छौ त्यहा पुगेको छकीछैन भन्ने प्रश्नका विषय उठिरहेका छन’, नेपालीले भने, ‘त्यसकारण हामीले विधेयक र कानुन निर्माण गरेर उम्कने ठाउँ छैन । तीनको कार्यान्वयनको अवस्था के छ ? आज सरकारी अड्डा अदालतमा बहस गर्दा प्रदेशका कानुन कत्तिको बोक्ने गर्छन कानुनु व्यवसायीहरुले । त्यो बोक्ने परिस्थिति कत्तिको निर्माण भएको त्यो विषयमा पनि छलफल गर्नुपर्छ ।’ हामीले आवस्यक ठानेर कानुन बनाए पनि त्यो कार्यान्वयनमा नदेखिएकाले कानुन निर्माणको औचित्माथि प्रश्न खडा भइरहने भन्दै यस विषयमा छलफल गर्नुपर्नेमा उनले जोड दिए ।
यो हिउँदे अर्थात बिधेयक अधिवेशन भएकाले यस विषयलाई स्थापित गर्नेगरी अधिवेशन सम्पन्न हुनुपर्ने उनले बताए । यसमा सबैको भूमीका रहनेछ र रहोस भन्ने शुभकामना उनले दिए । हालसम्म ७३ बिधेयक निर्माण गरेको, ३ विधेयक समितिमा छललफलका क्रममा रहेका, २ वटा विधेयक प्रदेश सभामा दर्ता गरिएको र एउटा अध्यादेश पनि रहेको उनले सुनाए । केही विधेयक आउने क्रम जारी छ । विधेयक निर्माणको हिसावले कमजोर छौ भन्न नमिल्ने भन्दै नेपालीले यो अधिवेशनमा विधेयक आउने र दर्ता हुने क्रम सोही अनुसार ध्यान दिन सरकार र मन्त्रीहरुसमक्ष आग्रह गरे । उत्तरबिधायिकी परीक्षणको कुरामा पनि पटकपटक प्रश्न उठेको उनले बताए । यसको प्रभावकारिता कार्यान्वयन समय परिीस्थति अनुसार अद्यावधिक कति गरेका छौ भन्ने प्रश्न गर्दैै उनले प्रदेश सभामा यस विषयमा पनि छलफल हुनुपर्नेमा उनको जोड थियो ।
राजनीतिक अस्थिरताको अन्त्य र शुसासनका लागि एमाले र कांग्रेस एकै ठाउँमा उभिएको उनको भनाई थियो । जनतामा संसद भनेको केवल ६/ ६ महिनामा र ९/९ महिनामा सरकार बनाउने र भत्काउने थलोमात्र होइन यसले राजनीतिक स्थायित्व, बिकास र समृद्धिलाई पनि ध्यान दिन्छ भन्ने सन्देश दिनेगरी प्रदेशले काम गर्नुपर्ने उनले बताए । एमाले र कांग्रेसबीच गत असार १७ मा भएको ७ बुदे सहमतिपछि नयाँ सरकारको यात्रा सुरु भएको त्यसकै स्प्रिटमा रहेर गण्डकीमा पनि सरकार बनाएकाले जनतालाई अनुभूति हुनेगरी सरकार संचालन गर्नुपर्ने उनले बताए । ‘दुई ठूला दल मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन । दुई ठूला दल संयुक्त रुपमा जादा धेरै प्रश्नहरु उठेका छन यसको औचित्यका बारेमा’ उनले भने, ‘किन दुई ठूला दलहरु मिल्नुपनेर्् अवस्था सिर्जना भयो । मुख्य प्रतिस्पर्धि दल किन मिलेर सरकार बनाउनु परो यसको औचित्य जनताको बिचमा पुष्टी गर्नुपर्छ ।’ प्रदेश संरचनाप्रति सकरात्मक र नकरात्मक टिप्पणी हुदै आएको भन्दै नेपालीले अव प्रदेश सभालाई सकरात्मक, रचनात्मक र सिर्जनात्मक थलो बनाउनु पर्ने बताए । यसका लागि सत्तापक्ष र विपक्षी नभनी मिलेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
सभामा प्रतिनिधित्व गर्ने दलको मर्यादाक्रम अनुसार बोलाउनु पर्नेमा नभएको भन्दै नेपालीले सभामुखको ध्यानाकर्षण गराए । उनलाई पहिलो बक्ताका रुपमा बोलाइएकोमा उनको असन्तुष्टि थियो ।





