मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

दुई ठूला दल मिलेर बनेको सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन, नेता लखेट्ने दिन नआओस्– राप्रपा नेता गुरुङ

दुई ठूला दल मिलेर बनेको सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन, नेता लखेट्ने दिन नआओस्– राप्रपा नेता गुरुङ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०८१, शुक्रबार
फाइल तस्विर

पोखरा/ गण्डकी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पंचराम गुरुङले पहिलो र दोस्रो ठुलो दल मिलेर बनेको बलियो सरकारले पनि बलियो रुपमा काम गर्न नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै गुरुङले अहिलेको सरकारबाट जनताले ठूलो आशा, भरोसा र विश्वास राखे पनि त्यो पुरा नभएको बताएका हुन ।

प्रथम र दोस्रो ठूलो पार्टी मिलेर बनेको सरकारको यो ६ /७ महिनाको कामकारवाही हेर्दा बलियो रुपमा काम गर्न नसकेको उनको भनाई थियो । ‘हामीले २ वर्षको अन्तरालमा ४ पटकसम्म सरकार अदलीबदली गर्दा जनतामा निराश आएको थियो । जनतालाई आफ्नो ढंगले ब्याख्या गरेर बुझाइयो होला । तर कति बुझेबुझेनन भविष्यमा जनतालेनै विश्लेषण गर्लान्’ गुरुङले भने, ‘गणितका हिसावले यति बलियो सरकार गठन भएको छ । तर ६ /७ महिनाको कार्यकाल हेर्दा सरकारले आफ्नो कार्यक्षेत्रमा बलियो रुपमा काम गर्न नसकेको जननताले भन्न थालेका छन ।’ यसको यसको जवाफदेही सरकार मात्र नभएर हामी प्रदेशका सांसदले पनि हुनुपर्ने उनले बताए । सरकारको धेरै जिम्मेवारी रहे पनि सरकारलाई मात्र पूर्ण दोष दिएर उम्किन नचाहने भन्दै उनले कहीनकही आफ्नो जिम्मेवारी र भूमीका रहेको उनको भनाई थियो ।

उनले यति बलियो सरकारले पनि काम गर्न नसक्दा गम्भिर हुनुपर्ने सयम आएको बताए । अव जनताले छुट दिने अवस्था नरहेको भन्दै गुरुङले सरकारलाई सचेत हुन अनुरोध गरे । जनतालाई दिएका आश्वासन र विश्वास अनि बाँडेका ती बजेट र बिकासका योजनाहरु समयमै पुरा गर्न नसक्ने भए जनतालाई झुक्याएर कतिपटक राजनीति गर्ने भन्ने प्रश्न गर्दैै उनले अव हामी परिवर्तन हुनुपर्ने र सोंचलाई पनि परिवर्तन गर्नुपर्ने बताए ।  यो वा त्यो बाहनामा हामीले गरेका क्रियाकलापलाई अरुलाइ दोष देखाएर कोही पनि उम्कने प्रयास नगर्न उनले अनुरोध गरे । यो सरकार गठन हुदै गर्दा प्रतिपक्षको बेन्चमा बसेर काम हेरेर बिरोध र समर्थन गर्ने भनेको स्मरण गर्दै गुरुङले सरकार अव अल्झिएर र भुलेर बस्ने छुट नभएको भन्दै ध्यानाकर्षण गराए ।

गुरुङले गाउँघरमा जाँदा, आमसमामा भाषण गर्दा जनताले होहल्ला गरेर लखेट्ने परिस्थिति सम्म आइसकेको र त्यो दिन नआओस भन्ने कामना गरे । हामीले नभोगे पनि छिमेकी देशका नेतृत्व कसरी लखेटिए भन्ने देखेको भन्दै उनले यस विषयलाई मध्यनजर गर्नुपर्ने अवस्था आएको बताए । ‘हामी जनताका कामदार हौ, जनताकालागि आएका हौ, नीति र सुशासन कायम गर्र्छै भन्ने प्रतिवद्धतासहित आएका हौ’ उनले भने, ‘अव बोलेर होइन व्यवहारमा काम गरेर देखाउने बेला आएको छ । थोरै बोलेर जनताको मन जित्न सकियो भने राजनीतिक पार्टी र नेता चाहिने रहेछ भन्ने हुन्छ । नभए खादा र माला लगाएका जनताले हामीलाइर्ए खादा र माला अर्कै रुपमा परिणत गर्लान ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->