मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सरकारले पुरा जाँगरका साथ काम गरिरहेको छ– मुख्यमन्त्री पाण्डे

सरकारले पुरा जाँगरका साथ काम गरिरहेको छ– मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०८१, शुक्रबार

पोखरा/  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिमित स्रोत र साधनको परिचालन गरेर जनताको पक्षमा काम गर्न पुरा जाँगरका साथ सरकार लागि परेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा विपक्षी दलका नेताले सरकारमा केही गर्ने जाँगर नदेखिएको बताएपछि जवाफमा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

अहिले अति निराशा र अति उत्तेजित हुनुपर्ने आवस्यकता नरहेको उनको भनाइ थियो । हामीले संविधानमा जे कल्पना गरेर संघीयता ल्यायौ त्यो अनुसार कानुन निर्माण नभएका कारणले गर्न नसकेको कतिपय कुराहरु, देशको आर्थिक परिस्थितिका कारणले चाहेजति हुन नसकेका कामहरु कसैसंग नछिपेको उनले बताए । ‘हाम्रा साधन र स्रोत सिमिति छन । हाम्रा आवस्यतका र चाहना आसिमित छन्’ उनले भने, ‘यही दुवै बीचमा तालमेल गर्ने कुरा त्यति सहज छैन । तथापी सरकारले आफ्नो काम पुरा जाँगरका साथमा गरिरहेको छ ।’

फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भन्ने गीत सुनाउँदै पाण्डेले अल्छीले सबैलाई अल्छी देख्ने, जाँगरिलोले सबैलाई जागरिलो देख्ने बताए । ‘जो मेहनत गर्छ, अरुले पनि मेहनत गरेको छ होला भन्ने सोच्छ र जो सुतेर बसेको छ सबैजना सुतेकै होलान भन्ने ठान्छ’, उनले भने, ‘त्यसकारण हामीले कसरी हेरेका छौ हामीलाई, अरुलाई पनि त्यसरी हेर्ने चलन र मानसिकता छ ।’ यो हिउँदे अधिवेशन भएकाले सरकारको प्राथमिकता कानुन बनाउनेमै रहेको उनले बताए । यही अधिवेशनमा ल्याउने गरी विभिन्न ९ वटा बिधेयकलाई क्याविनेटले सैद्धान्तिक स्वीकृति दिइसकेको उनले जनाए । यसैगरी न्यायिक समितिलाई सहज होस भनेर ६३ पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको, ३९ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तक कार्यक्रमको बिस्तार गरेको, लामो समयदेखि अन्योलमा रहेको प्रदेशसभा भवन निर्माणको चरणमा अघि बढेको, प्रदेशभित्र गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन बिधेयक अघि बढेको, दलित सशक्तिकरणका लागि आवस्यक कानुन बनाउने चरणमा पुगेको उनको भनाई थियो । साथै साझा सवालका विषयका छलफल गरी दुई प्रदेश मिलेर गर्न सकिने कुराको लागि लुम्बिनी र गण्डकी प्रदेशबीच बैठक सम्पन्न भएको, बागमति प्रदेशसंग पनि बैठकको तयारीमा रहेको उनले सुनाए ।

जसले जे भने पनि ठूला दल मिलेर स्थिरता दिने कुरा सबैले पत्याएका दावी उनको थियो । कांग्रेस र एमाले नमिलेको भए यो ७ महिनाको अवधिमा २ सरकार बनिसक्ने दावी गर्दै बिरोध गर्नेले पनि अव स्थिरता हुन्छ भनेर पत्याएको उनले बताए । ‘आत्तिएरु भएन, मात्तिएर भएन, ८४ सालसम्म यही सरकार जान्छ’ मुख्यमन्त्री पाण्डेले भने, ‘नपत्याएर भ्रममा बस्नु भन्दा पत्याएर अव यही अघि बढ्छ भनेर सोच्न आग्रह गर्छु ।’ चाहे जति गर्न नसकेका हाम्रै मनमा पनि लागेको र जनताले पनि सोंचेको उल्लेख गर्दै उनले सरकार कतिबेला जान्छ भनेर बस्ने अवस्थामा अहिले भए जति काम हुन नसक्ने बताए । २ दलको तानाशाही भन्ने तर्फ इंगित गर्दै नेपाली कांग्रेसको डिक्सनरीमा तानाशाह भन्ने शब्द नरहेको उनले बताए ।
आगामी नीति तथा कार्यक्रममा स्मरण शक्ति बढाउने औषधीको बितरण गर्ने कार्यक्रम ल्याउनु पर्लाकी भन्ने लाग्यो
यसैबीच मुख्यमन्त्री पाण्डेले आउने नीति तथा कार्यक्रममा स्मरण शक्ति बढाउने औषधीको बितरण गर्ने कार्यक्रम ल्याउन पर्लाकी भन्ने लागेको बताए । संसदलाई लामो समयदेखि बन्धक बनाउँदा सांसदहरुलाई चिन्न पनि नसक्ने अवस्थामा पुगेको भन्ने राप्रपा संसदीय दलको नेता पंचराम गुरुङको भनाईप्रति इंगीत गर्दै मुख्यमन्त्रीले यस्तो बताएका हुन । ‘एउटा चिन्ता के भयो भने मैले अलि इनर्जेटिक देखेको, अलिकति सोच्न पनि सक्ने गतिशिल देखिएको साथीको ४ महिनामा स्मरण शक्ति हराउन थालेछ, ४ महिना अघि देखेको साथीलाई ४ महिनापछि बिर्सने रोग लागेछ’ मुख्मयन्त्री पाण्डेले भने, ‘संविधान क्रिटिकल्ली नमाने त ठिकै कुरो थियो । नियमावलीमा लेखेको कुरा यति छिटै बिर्सीदिने, साथीहरुको अनुहारै विर्सने ।’

‘असोजमा अन्त्य भएको प्रदेश सभाको बैठक माघमा सुरु भएको र गत वर्षको भन्दा एक महिना अघिनै संसद सुरु भएकोमा सरकारलाई धन्यवाद दिनुपर्नेमा यसरी स्मरण शक्ति गुमाउनु भयो भने कसरी हामले कानुन बनाउने । गाहो हुन्छ । पढ्ने बानी बसाल्नु परो ।’ उनले भने । एउटा अधिवेशनको अन्त्य भएपछि ६ महिनाभित्र अधिवशेन बोलाउन सकिने कानूनी व्यवस्था रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->