मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखरा भ्रमण वर्ष सुभारम्भको क्रममा घाइते अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं लगियो

पोखरा भ्रमण वर्ष सुभारम्भको क्रममा घाइते अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं लगियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८१, शनिबार
oplus_34

पोखरा/ पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक शुभारम्भ कार्यक्रममा बेलुनमा लागेको आगोको लप्काले घाइते हुन पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौ लगिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार दुवै जनालाई छुट्टाछुट्टै हेलिकोप्टरमार्फत किर्तीपुरस्थित वर्न अस्पताल लगिएको छ । मेयर आचार्यको देब्रे गाला आगोको लप्काले डढेको छ । साथै टोपी भन्दा तलको भागको कपाल पनि जलेको छ । यसैगरी पौडेलको पनि कानबाट रगत आएको प्रत्यक्षदर्शीले जनाएका छन । उनको पनि कपाल जलेको छ ।

डिजिटलरुपमा स्वीच अन गरेर पानसमा बत्ती बालिसकेपछि बेलुन उडाउने क्रममा हाइड्रोजन भरिएका बेलुनका दुईवटा झुत्तामा आगो लागेर पड्केका थिए। सोही आगोको लप्काले उनीहरु घाइते भएका हुन । आचार्यको फिस्टेल अस्पतालमा र पौडेलको गण्डकी शिक्षण अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->