मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

डिएसपी विष्ट बने माघमा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी

डिएसपी विष्ट बने माघमा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी


  • संजय रेग्मी
  • फाल्गुन ६ २०८१, मंगलबार

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट गत माघ महिनामा गण्डकी प्रदेशमा उत्कृष्ट प्रहरीको रूपमा घोषित भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जारी गरेको सूचनामा २७ जना फरार अपराधीहरुलाई पक्राउ गरी झन्डै डेढ करोड रुपैयाँ जरिवाना असुल गरेकोमा उनलाई उत्कृष्ट प्रहरीको रूपमा घोषणा गरिएको हो । साङ्गठनिक नीति निर्देशन बमोजिम आफूलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गरेको कार्यालयले बताएको छ ।
अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ११ दिन कैदको फैसला भई विगत २७ वर्षदेखि फरार रहेकी एक जना महिला, सरकारी छाप किर्ते सम्बन्धी कसुरमा ११ महिना १७ दिन कैद फैसला भई विगत १२ वर्षदेखि फरार रहेका एक जना पुरुषलाई नियन्त्रणमा लिएर अदालतमा पेस गर्नु डि.एस.पी. विष्टको उपलब्धि हो ।
उनले विभिन्न कसुरमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेको कुल २७ जना अपराधिहरुलाई पक्राउ गरी २२ वर्ष पाँच महिना तीन दिन कैद र एक करोड ४५ लाख एक सय ४० रुपैयाँ जरिवाना असुल उपर गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरी प्रहरी सङ्गठनको छवि उच्च बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
उनलाई ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम माघ महिनाको उत्कृष्ट प्रहरीको रूपमा घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->