पोखरा/नेपाल इन्जिनियर्स संघ गण्डकी र बर्जर पेन्टसबिच टाइटल प्रायोजकमा सम्झौता भएको छ । मंगलबार पोखरामा एक कार्यक्रमका बिच संघ र बर्जरबिचमा सम्झौता भएको हो । सम्झौता अनुसार पोखरामा इन्जिनियरको पढाइ सञ्चालन हुने तिन वटा कलेजमा बर्जरले रंगसम्बन्धि तालिमहरु प्रदान गर्नेछ । साथै व्यवसायिक इन्जिनियरहरुका लागि समेत सो तालिम प्रदान गर्ने छ भने, संघलाई वार्षिक आठ लाख रुपैयाँ सहयोग गर्नेछ ।
नेपाल इन्जिनियर्स संघका अध्यक्ष सन्तोष जिसीले बर्जरसंगको सम्झौताले इन्जिनियरहरुको हकहितका लागि टेवा पुग्ने बताए । उनले सम्झौताले अब इन्जिनियर गर्दै गरेका र पढ्दै गरेका दुबैका लागि रंगको बारेमा विभिन्न जानकारी तथा तालिम प्राप्त हुने सुनाए ।
यस्तै बर्जर पेन्ट्स नेपालका लागि कन्ट्री म्यानेजर राजिव रोयले यस सम्झौताले बर्जरको सामाजिक उत्तरदायित्व समेत वहन गरेको महसुस भएको सुनाए । बर्जरले गुणस्तरीय सेवा दिदैँ आएको र नेपालका लागि वाटरप्रुफ रंग नयाँ हुने बताए । ‘एउटा कम्पनी जसले सजावटी प्रिन्टहरू उत्पादन गर्दैछ, पानी भिजाउने रसायनहरू कि त्यहाँ समझ को कमी छ, ज्ञान र एक्सपोजर छ । मलाई लाग्छ कि यो हाम्रो जिम्मेवारी हो । हामी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न तत्पर छौं’ उनले भने, ‘बर्जर पेन्ट्सको इतिहास सय वर्ष भन्दा बढी छ । नेपालमा पनि हामी झण्डै दुई दशक पुरानो कम्पनी छौं ।’
संघका पुर्व अध्यक्ष रमेश वास्तोलाले इन्जिनियरले बर्जरको गुणस्तरको कुरा गर्दै गर्दा गुणस्तर विभाग र नापतौल विभागबाट मान्य भएर आउन बर्जरलाई अनुरोध गरे । उनले अहिले सम्झौता भएअनुसार भोलिका दिनमा बर्जरको गुणस्तर नभएमा समस्या आउन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन समेत अनुरोध गरे ।





