बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई उपाधि प्रदान गरी दीक्षित गरेका हुन्


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८१, बिहिबार

पोखरा/ पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहमा बिहीबार ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको ढुंगेपाटनस्थित केन्द्रीय कार्यालय हातामा आयोजित कार्यक्रममा उनीहरुलाई दीक्षित गराए । यसअघि उनले दीक्षित हुने विद्यार्थीलाई सपथ पनि खुवाएका थिए ।

व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान, मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत स्नातक, स्नात्तकोत्तर, एमफिल र विद्यावारिधी गरेका विद्यार्थी दीक्षित भएका हुन् । उपकुलपति प्रा.डा. कार्यक्रममा विद्यावारिधी गर्ने २ विद्यार्थीलाई कुलपति विद्यापदक, स्नात्तकोत्तरमा सर्बोत्कृष्ट २७ जनालाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्टलाई उपकुलपति पदक वितरण गरियो । यसैगरी व्यवसाय प्रशासनमा सर्बोत्कृष्ट विद्याथीृालई लक्ष्मी स्वर्ण विद्या पदक र विज्ञान तथा प्रविधि संकायमा सर्बोत्कृष्टलाई ओसिम गोल्ड पदकले सम्मान पनि गरियो । साथै ७ सय ४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मानित गरियो ।

विश्वविद्यालयका हाल ४ वटा आंगिक क्याम्पस, ३ वटा संयुक्त आंगिक क्याम्पस तथा ५८ वटा सम्बन्धनप्राप्त कलेज गरी ६५ महाविद्यालयमा ६८ वटा कार्यक्रममा ४० हजार विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले बताए । वर्षेनी १६ सय भन्दा बढी विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराएको पनि उनको भनाई छ । केसीले दीक्षित विद्यार्थीलाई बधाई दिदै उज्ज्वल भविष्यको कामना गरे । पोखरा विश्वविद्यालय २८ वर्ष अघि स्थापना भएको हो । पोखरा विश्वविद्यालयले समयानुकूल पाठ्यक्रम परिमार्जन, एकेडेमिक क्यालेन्डरअनुसार तोकिएको मितिमा नै भर्ना, परीक्षा र परीक्षाफल प्रकाशन गर्दै विद्यार्थी आकर्षण बढाउन सफल भएको बताएको छ। गत वर्षको तुलनामा विद्यार्थी संख्या ३८ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै विश्वविद्यालयले रोजगारी उन्मुख, प्रविधिमा आधारित पाठ्यक्रम लागू गरेको उल्लेख गरेको छ। साथै, परीक्षा समयमै सञ्चालन गर्ने र तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने नीति निरन्तर कायम राखेको र शिक्षा, अनुसन्धान र समुदाय सेवामा उल्लेखनीय योगदान दिइरहेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->