सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

शिक्षा र स्वास्थ्य मानव विकासको प्रमुख सूचक: मन्त्री पाठक

शिक्षा र स्वास्थ्य मानव विकासको प्रमुख सूचक: मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८१, बिहिबार

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्य र सम्बन्धित निकायले गम्भिरतापुर्वक लिनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका ७ स्थित तितौरे माध्यमिक विद्यालयमा आयोजित ५० औँ वार्षिकोत्सव, स्वर्णजयन्ती तथा अभिभावक दिवसको समारोहलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री पाठकले शिक्षा र स्वास्थ्य जीवनका आधारभूत आवश्यकताहरू भएको बताएका हुन् ।
शिक्षा र स्वास्थ्य मानव विकासको प्रमुख सुचक रहेकोले शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन हुनुपर्ने मन्त्री पाठकको जोड थियो । ‘नागरिकको जीवनस्तर, क्षमता र अवसरहरूमा सुधार ल्याउन मद्दत गर्नुका साथै मानव समाजको समग्र विकास र समृद्धि मापन गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले राज्यको अरबौ लगानी भएका सामुदायिक विद्यालयहरुले अपेक्षाकृत परिणाम दिनुपर्छ’ मन्त्री पाठकले भने । विद्यालयको शैक्षिक तथा भौतिक संरचनाबार नजिकबाट नियाली रहेको र विकासमा प्रदेश सरकारबाट आवश्यक सहयोग गर्न पहल गर्ने प्रतिबद्दता समेत मन्त्री पाठकले व्यक्त गरेका छन् ।
फागुन ६ गतेबाट सुरु भएको वार्षिकोत्सवमा भलिबल, हाजिरजवाफ, लोकगीत÷लोक भजन, अन्तर विद्यालय स्तरीय कार्यक्रम तथा अभिभावक बीच विविध कार्यक्रम सम्पन्न भएका छन् । साथै, पाला संसारकोट समाजका तर्फबाट समाजका अध्यक्ष लोकेन्द्र बहादुर केसीले अध्ययनरत १० जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक महेन्द्र बहादुर केसीले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने वडा अध्यक्ष मेघनाथ गैरे, बागलुङ नगरपालिकाका शिक्षा अधिकारी धन प्रसाद पोखरेल, कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष तेज प्रसाद निउरे, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जय बहादुर कार्की, लक्ष्मी बहादुर कार्कीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कार्कीको अध्यक्षता, शिक्षक टिकाराम शर्माको स्वागत र शिक्षक कुल बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->