बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

छोराको सम्झनामा परोपकारी स्कूल

छोराको सम्झनामा परोपकारी स्कूल

स्कूललाई सम्पूर्ण जायजेथा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८१, सोमबार

पोखरा/२०६७ साल वैशाख २७ गते । माछपुच्छ्रे गाउँ पालिका वडा नं. ३ निवासी वेदकुमार श्रेष्ठ र उनकी श्रीमती सीतादेवीश्रेष्ठको मुहारको खुशी लुटिएको दिन । त्यही दिन त हो, छोरा सागरको मोटरसाइक दुर्घटनामा निधन भएको ! पुत्रशोकको पीडा, भुल्न साह्रै गाह्रो । तर, वेदकुमार र सीतादेवीले पीडा भुल्ने कोशिष गरे । छोराको स्मृतिमै ‘बाबु सागर स्मृति प्रतिष्ठान’ गठन भयो ।
छोरा सागर श्रेष्ठको स्मरणमा प्रतिष्ठानको मातहातमा रहने गरी माछापुच्छे« गाउँपालिका ३ मा सागर मेमोरियल बोर्डिङ स्कूल स्थापना भयो ।
प्रतिष्ठानमार्फत् सञ्चालित यस विद्यालयलले निशुल्क तथा न्यूनतम शुल्कमा यस क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रणालीको शिक्षा प्रदान गर्दै आएको छ ।
विद्यालयको १४ औं वार्षिकोत्सव समारोहमा छोराको नाम जिवन्त राख्न श्रेष्ठ परिवारले आफ्नो २५ करोड रुपैयाँ बराबरको सम्पत्ति प्रतिष्ठानमा राख्ने घोषणा गरेका छन् ।
‘हामीसँग भएको सम्पूर्ण सम्पत्ति राजीखुसीले नै प्रतिष्ठानको नाममा हस्तान्तरण गरेका छौँ,’ विद्यालयका संस्थापकसमेत रहेका वेदकुमारले भने,‘ र मेरो परिवारको नाममा रहेको जग्गाधनी प्रमाण पुर्जामा कायम रहेको सम्पूर्ण जायजेथा प्रतिष्ठानलाई भोग चलन तथा बिक्री– वितरण गरी प्रतिष्ठानको कोष खडा गर्नको लागि प्रतिष्ठान सञ्चालक समिति, संरक्षक समिति, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदकाधिकारी, निर्देशक र सम्बन्धित वडा अध्यक्षको रोहवरमा प्रतिष्ठानलाई प्रदान गरेको छु ।’
सम्पूर्ण सम्पत्ति बेचविखन गरेर आएको रकममध्ये आफ्ना २ श्रीमतीलाई समान २५÷२५ लाख राखिदिन र बाँकी रकम प्रतिष्ठानकै अक्षय कोषमा राखिदिने व्यवस्था मिलाउन श्रेष्ठले आग्रह गरे ।
उक्त अक्षयकोषको व्याजबाट प्रतिष्ठानद्धार सञ्चालित सागर मेमोरियल बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो चाहना रहेको वेदप्रसादले सुनाए ।
‘यस्ता आमाहरु थिए, एउटा यस्तो बाबु थियो,जसले आफ्नो छोराका निम्तियो समाजका बालबाालिकाका लागि आफ्नो सम्पत्ति दान गरेका छन् । यो सम्पत्तिलाई हामीले जोगाउनु पर्छ । यसलाई स्तरोन्नति गर्नुपर्छ । यसलाई स्याहार–सुसार आवश्यक छ भन्ने सोचिदिनुहोस्,’ भावुक हुँदै उनले भने ।
अक्षयकोषको व्याजबाट आएको रकम मध्ये ५० प्रतिशत मुल धनमा नै गाभिने र बाँकी ५० प्रतिशत विद्यालय सञ्चालनका लागि ३÷३ महिना प्रदान गरिने व्यवस्था मिलाइने उनले जानकारी दिए । उनले माछापुच्छ«े गाउँ पालिका वडा नं.३ घाचोकका सूर्यप्रसाद लम्साल, वडा नं. १ टुसेका वीरेन्द्र गुरुङ, वडा नं. १ की जमुना पुन, वडा नं. ३ घाचोकका पदम नेपाली, वडा नं. ३ घाचोकका रविलाल पोख्रेल, रनबहादुर कार्की, शुशिल जिसीको रोहवरमा २०८० साल भदौमा आफ्नो सम्पूर्ण जाहेजेथा प्रतिष्ठानको नाममा वुझाउने स्वघोषणा गरेका हुन् ।कार्यक्रममा बोल्दै
माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले श्रेष्ठ परिवारले छोराप्रति देखाएको प्रेमले समाज रुपान्तरण हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->