पोखरा/ नेपालका विभिन्न ठाउँमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा प्राज्ञ नगेनसिंह ठकुरीले गुल्मी जिल्लाको मुसिकोट दरबारमा पुगेर आफ्नो क्यानभासमा मुसिकोट दरबार उतारेका छन् । ठकुरीले वेदको सार बुद्धको वाणी, ग्यालिलियो, न्युटन, आइन्सटाइनका जस्तै सिद्धान्त, देवकोटाको जस्तै आँसुलेखन, भीमसेनको जस्तै स्वाभिमान अनि अरनिकोको जस्तै कलाले सजिएको प्राज्ञिक भूमि नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका क्रममा गुल्मी जिल्लाको मुसिकोट दरबार पुगेका हुन् ।
कलाकार प्राज्ञ ठकुरी भन्छन, “हामी सुस्ताएका छैनौ । हामी ऊर्जाशील थियौं, ऊर्जाशील छौं र ऊर्जाशील नै रहने छौं । यसै शिलसिलामा बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने अन्तर्गत गुल्मी जिल्लाको मुसिकोट दरवार चित्र क्यानभासमा उतारिएको हो ।” ठकुरीले ७७ जिल्ला पुगेर चित्रकला सिर्जना गरि नेपाल बिश्वको उत्कृष्ट गन्तव्य बनाउने योजना बनाएका छन् । उनी प्रबल जनसेवाश्री मानपदवीद्वारा २०८० वैशाख १ गते विभूषित पनि भएका छन् । उनी ७७ वटै जिल्लाको ठाउँहरूको चित्रकला सिर्जना गरीएको कलाकृतिहरू विश्वको सबै भाषामा रंगीन पुस्तक “नेपाल कला यात्रा” प्रकाशनको तयारीमा छन ।
ठकुरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष), २०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०५९ सान्त्वना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिस्ट संघ, केन्द्रीय समिति, राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र दर्जनौ पटक सम्मातिन भएका छन । कला विषयमा स्नातकोत्तर गरेका ठकुरीले १२ औँ पटक एकल कला प्रदर्शनी गरिसकेका छन ।






