बागलुङ/आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सोमबार विद्यार्थी संघ संगठनको दर्ता गरिएको छ । त्रिभूवन विश्वविद्यालयको धौलागिरि क्षेत्रकै एकमात्र आंगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसमा पनि सोमबार संगठन दर्ता गरिएको हो ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार, सोमबार साँझ ५ बजेसम्म राखिएको समय सिमाभित्र नौ वटा संगठन दर्ता भएका हुन् । दर्ता भएका संगठनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), एमाले निकट अनेरास्ववियु, माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं दर्ता भएका हुन् ।
त्यस बाहेक राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल संयुक्त प्यानल, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), स्वतन्त्र विद्यार्थी समूह र धौलागिरि विद्यार्थी क्याम्पस (डिएमसी) विद्यार्थी समूह पनि दर्ता भएको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिए ।





