शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

दिपक मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन अदालतको आदेश

दिपक मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन अदालतको आदेश


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८१, शुक्रबार

काठमाडौं / गण्डकी प्रदेशका पूर्वमन्त्री राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका हुन्।

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए। उनले फागुन १२ गते दिएको निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो।’अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएको भन्दै मनाङेले कारागारमार्फत नै निवेदन दिएका थिएँ,’ उनले भने, ‘सोही निवेदनअनुसार उनलाई बाँकी सजायको २० प्रतिशत छुट दिने आदेश दिइएको हो।’

उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो।

यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका थिए। उनी दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्थ्यो। त्यसमा पनि उनले २० प्रतिशत छुट पाउने भएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->