पोखरा/पोखरा महानगरपालिका वडा नं २६ निवासी सावित्री भट्टराईले जन्मोत्सवमा गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा सहयोग गरेकी छन् ।
उनले कास्कीमा रहेको सामाजिक संस्था जागरुक नागरिक समाजलाई २५ हजार नगद सहयोग गरेकी हुन् ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको जागरुक नागरिक समाजकी सचिव समेत रहेकी भट्टराइले आइबार सो रकम सस्थाका अध्यक्ष रामहरि ढुगाना र कोषाध्यक्ष डिल्लीराम भण्डारी(राजु)लाई हस्तान्त्रण गरेकी हुन् ।
कार्यक्रममा सस्थाका अध्यक्ष रामहरि ढुगाना, उपाध्यक्ष जगननाथ तिमिल्सेना, जागरुक नागरिक समाज पोखरा २८ का अध्यक्ष सरोज भण्डारी र वडा नं ३० का अध्यक्ष नारायण प्रसाद पौडेललगायतले जन्मोत्समा गरिने पैसालाई सामाजिक क्षेत्रमा लगाउन सक्ने हो भने त्यसले सकरात्मक सन्देश जाने बताएका थिए ।





