शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरामा होली, रमाए बिदेशी पर्यटक (फोटो फिचर)

पोखरामा होली, रमाए बिदेशी पर्यटक (फोटो फिचर)


  • लालप्रसाद शर्मा
  • फाल्गुन २९ २०८१, बिहिबार

पोखरा /होलीको अवसरमा पोखराको लेकसाइडमा बिहीबार निकै चहलपहल बढेको छ । एकापसमा रंग दलेर मनाइने होली विदेशी पर्यटकहरुले पनि भव्य रूपमा खेलेका छन् ।
लेकसाइडका विभिन्न स्थानमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखरा र अन्य संस्थाले होलीलक्षित सांगितीक कार्यक्रमको आयोजना गरेका छन् । ती कार्यक्रमहरुमा नेपाली र बिदेशी पर्यटकको उल्लेख्य सहभागिता रहेको छ । बिदेशी र आन्तरिक पर्यटकले लेकसाइड भरिभराउ छ । उनीहरु एकापसमा रंग दलेर खुशीयाली मनाइरहेका छन् । साथै सांगितिक माहोलमा झुम्मिएका छन् । पोखराका विभिन्न स्थानमा युवायुवती होली मनाउँदै बजार परिक्रमा गरिरहेका छन् ।
नेपालको हिमाली र पहाडी जिल्लाहरूमा विहीबारा होली हर्षोल्लासपूर्वक मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्रचलन छ । भोली भने तराईका जिल्लामा होली खेलेर यो पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->