बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८१, शुक्रबार

पोखरा/ चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्यका अनुसार, चलचित्रले मौलिक कथा प्रस्तुत गर्नेछ । डोल्पाका सुन्दर भू–दृश्यहरू समेट्दै छायांकन गरिएको यो फिल्म महिला सशक्तीकरणको कथामा केन्द्रित रहेकोे छ ।
चलचित्रका कलाकार तथा गायक रवि ओडले ‘द्रौपदी’ प्रति ठूलो अपेक्षा रहेको बताए । चलचित्रका गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै, दर्शकहरूको साथ र माया आवश्यक रहेको बताए। आफ्नो लागि अभिनयकला नयाँ भएता पनि मिहेनत गरेको भनाई उनको छ । उनी स्थानीय कुलेको भूमिकामा चलचित्रमा देखिएका छन् ।

चलचित्रका निर्माता तथा कलाकार प्रकाश ज्ञवालीले कन्टेन्टले आफूलाई तानेको बताए । अस्पताल व्यवसायमा संलग्न भए पनि राम्रो कथाले आफूलाई यो फिल्म निर्माणमा संलग्न गराएको बताए । निर्देशक ऋषिराज आचार्य आफ्नो पुरानो साथी भएको र कथाको विषयवस्तु मन परेका कारण नै आफु लगानीका लागि तयार भएको भनाई उनको छ । चलचित्रमा कलाकारको भूमिकामा उनी पनि देखिएका छन् । नायिका आश्विनी शाहीले ‘द्रौपदी’ एउटा सशक्त कथावस्तु बोकेको चलचित्र भएको बताइन् । उनले अनुहार हेरेर चलचित्र नहेर्न, बरु कन्टेन्टलाई प्राथमिकता दिन दर्शकलाई अनुरोध गरेकी छिन् । ‘द्रौपदी’ को हिरो नै कन्टेन्ट भएको भनाई उनको छ । चलचित्रको कन्टेन्टले दर्शकलाई निराशा नबनाउने विश्वास उनले लिएकी छिन् । चलचित्रकी अर्की नायिका सुजाता तिमल्सिनाले विकट भेगको कथा दर्शकसामु ल्याउन पाउँदा खुशी लागेको बताइन् । बलियो कथामा आधारित सिनेमामा आफु बाँधिन पाउँदा उनी हर्षित छिन् ।

पत्रकार सम्मलेनमा चलचित्रका टिजर, गीत तथा ट्रेलरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको र चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनोट भइसकेको जानकारी गराइएको थियो । निर्देशक आचार्यले विभिन्न स्थानबाट दर्शकहरू चलचित्र हेर्न उत्साहित रहेको बताए । दर्शकहरूको माया र समर्थनले चलचित्रले उत्कृष्ट व्यापार गर्नेमा आफूहरू विश्वस्त रहेको टिमले जनाएको छ । करिब २ करोड लगानीमा चलचित्र निर्माण भएको निमार्ण पक्षले जनाएको छ । ४८ दिन लगाएर छायाँकन गरिएको सिनेमा अन्तर्राष्ट्रिय अवार्डका लागि समेत छनोट भएको बताइएको छ । मौलिक कथालाई आत्मसात् गरिएका कारण पनि दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टीम आशावादी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->