लेखनाथ/पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको सनराईज क्वले आफनो १६ औं स्थापना दिवस विद्यार्थीहरुलाई सहयोग गरेर मनाएको छ ।
हरेक वर्षको स्थापना दिवसमा कुनै न कुनै रचनात्मक कार्य गर्दै आएको क्लवले यस वर्ष पोखरा–२६ मा रहेको लक्ष्मी आदर्श माविमा अध्यानरत २३ जना जेहेन्दार तथा गरिव विद्यार्थीहरुका लागि स्टेशनरी र झोला वितरण गरेर मनाएको हो ।
सोही अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आर्थीक अभावका कारण विद्यालय जानबाट कुनै पनि विद्यार्थीहरु बञ्चित हुन नपर्नेमा जोड दिदै विपन्न परिवारको शिक्षामा वडाले सदैव सहयोग गर्ने धारणा राखेका थिए ।
क्लवका अध्यक्ष सुर्यनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगननाथ अधिकारीले क्लवले गरेको सामाजिक कामले विद्यार्थीको अध्यान सिलतामा प्रेरणा मिल्ने विचार राखेको कार्यक्रमको संचालन क्वलका सचिव विनोद कार्कीले गरेका थिए ।
यसैविच क्लवले आफनो स्थापना दिवसकै अवसर पारेर घरेलु चौरमा रहेका जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा एक दिनको खाजाको ब्यवस्था समेत गरेको बताईएको छ ।





