सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

वन क्याम्पस पोखरामा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल निर्वाचित, सभापतिमा अनेरास्ववियुका शर्मा

वन क्याम्पस पोखरामा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल निर्वाचित, सभापतिमा अनेरास्ववियुका शर्मा


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८१, बुधबार

पोखरा/ वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अनेरास्ववियुका अभिषेक शर्मा स्ववियू सभापतिमा निर्वाचित भएका छन । यो क्याम्पसमा अखिल र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानल बनेको थियो ।

मंगलबार राति सार्वजनिक मत परिणामअनुसार सत्तारुढ र प्रतिपक्षी दलका विद्यार्थी संगठनको प्यानल स्ववियुमा निर्वाचित भएको हो । शर्माले नेविसंघका उत्तम हुमागाईंलाई ८२ मतले पराजित गरे । शर्माले २ सय ३० मत पाउँदा हुमागाईंले १ सय ४८ मत प्राप्त गरे । सचिवमा क्रान्तिकारीका गौरव खड्का २ सय २६ मत ल्याएर निर्वाचित भए । सचिवमा नेविसंघका दिपेन्द्रप्रसाद रौनियारले १ सय ४८ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ ७० मतान्तरले विजयी भइन् । श्रेष्ठले २ सय २४ र नेविसंघकी जानकी गुर्धामीले १ सय ५४ मत पाए ।

सदस्यमा अनेरास्ववियुका सुनिलसिंह भण्डारीले २ सय ४७, सिद्धान्त खनालले २ सय ३२, क्रान्तिकारीकी रिया श्रेष्ठले २ सय २५, प्रकट ढुंगाना र भिभोर शाहले समान २ सय ३० मत प्राप्त गरे । नेविसंघका प्रदीप श्रेष्ठले १ सय ५३, विकास ढकालले १ सय ४६, निर्मल पाण्डेयले १ सय ३८, भावना भण्डारीले १ सय ३७ र प्रसिद्धि अर्यालले १ सय ३६ मत पाए ।

अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य तथा क्रान्तिकारीले सचिव र ३ सदस्य लिने सहमति गरेर प्यानल बनेको थियो । यस क्याम्पसमा ४ सय ५० मतदाता रहेकोमा मंगलबार भएको मतदानमा ३ सय ८३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->