सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङका चार क्याम्पसमा छुट्टाछुट्टै संगठनको जित

बागलुङका चार क्याम्पसमा छुट्टाछुट्टै संगठनको जित


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८१, बुधबार

त्रिविको आंगिक क्याम्पसमा २० वर्षपछि कमव्याक गरेपछि विजय उत्सव मनाउँदै अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु । तस्बिर : ढोरपाटन
बागलुङ/मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बागलुङको एक आंगिक र तीन सामुदायिक क्याम्पसको परिणाम आएको छ ।

तीमध्ये धौलागिरि बहुमुखी क्याम्पसमा अनेरास्ववियु, गलकोट बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी, शान्तिदिप बहुमुखी क्याम्पसमा नेविसंघ र सर्वोदय क्याम्पसमा अखिल छैठौंका सभापति निर्वाचित भएका छन् ।

धौलागिरिमा अखिलको अध्यक्ष र एकजना सदस्यले जितेका छन् भने बाँकी सबै नेविसंघले जितेको हो । यहाँ नेविसंघ एक्लै चुनाव लडेको थियो भने अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल समाजवादी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियनको ‘अखिल संयुक्त’ लडेको थियो ।

धौलागिरिमा अखिल संयुक्तको तर्फबाट अनेरास्ववियुकी आस्मिन शेख सभापतिमा निर्वाचित भएकी हुन् । कुल १ हजार ५९ मत खसेकोमा शेखले ५ सय ५२ मत ल्याइन् । नेविसंघकी सृष्टी आचार्यले ४ सय ९१ मत पाइन् । स्वतन्त्र उमेदवार दिपक सुवेदी ७ मत प्राप्त गरे ।

सचिव, कोषाध्यक्षमा नेविसंघ विजयी भए । सचिवमा नेविसंघका सचिन हरिजनले ५ सय ३४ मत पाएर विजयी भए भने अखिल संयुक्तका रुद्रबहादुर पुनले ५ सय ९ मत पाए । कोषाध्यक्षमा नेविसंघका विशाल घर्तीले ६ सय ५४ मत ल्याएर विजयी भए । अखिल संयुक्तकी रेशा शर्माले ३ सय ८४ मत पाइन् । ६ सदस्यमा ५ जना नेविसंघका र एकजना संयुक्तका निर्वाचित भए ।

२०१९ सालमा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पसमा पहिलो पटक महिलाबीच सभापतिका लागि चुनाव भएको थियो । शेख स्नातकोत्तर प्रथम वर्षकी विद्यार्थी हुन् । सदस्यहरुमा नेविसंघका प्रशान्त सुवेदी, दिप सागर सुवेदी, सुदिप घर्ती, सृष्टी घर्तीमगर, सुवास बाबु घर्ती, सेमन्त शर्मा र शुभम राजभण्डारी र अखिलका बिकल्प घर्ती निर्वाचित भए ।

समानुपातिकतर्फ भने नेविसंघ पहिलो भयो । नेविसंघले ४ सय २१ मत पाउँदा अखिलले २ सय ७७ मत पायो । अखिल क्रान्तिकारीले १ सय ५, अखिल छैठौंले ७७ मत पायो भने राप्रविसंघले ५१ र स्वतन्त्र विद्यार्थी समूहले १ सय २२ मत पायो ।

गलकोटमा अखिल क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भए । कुल खसेको १ सय ५८ मतमा सहानीले ९९मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी रेनुका परियारले ५८ मत पाइन् । कुश्मीसेराको शान्तिदिप बहुमुखी क्याम्पस कुश्मीसेरामा भने नेविसंघकी बिपना परियार स्ववियु सभापतिमा निर्विरोध भएकी छिन् । बरेङको सर्वोदयमा अखिल छैठौंका मोहराज पौडेल सभापतिमा निर्विरोध भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->