पोखरा/ गण्डकी प्रदेशमा साइक्लिङ खेलको विकास, एवं प्रवर्द्धनका लागि अशोक चालिसेको अध्यक्षतामा संघ गठन गरिएको छ ।
प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार संघ गठन गर्न आयोजित भेलाले चालिसेको अध्यक्षतमा संघ गठन गरेको हो । गठित तदर्थ समितिको उपाध्यक्षमा प्रमिला गुरूङ र भीमबहादुर सुनार छन् । यसैगरी महासचिवमा वामन चालिसे, सचिवमा अमिर थापा, कोषाध्यक्षमा रविश्वर आचार्य सर्वसम्मत चयन भएका छन् । सदस्यमा पदमबहादुर घले, लक्ष्मण थापा, ध्रुवराज प्रधान र सौरभ पाठक चयन भए ।
सो भेला प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकको अध्यक्षतामा भएको हो । सो अवसरमा बोल्दै पाठकले संघको गठनले आसन्न दशौं राष्ट्रिय खेलकुदको तयारी संगै प्रदेशमा साइक्लिङ खेलको विकासका लागि योजनावद्ध रुपमा बढ्न सहज हुने बताए । तदर्थ समितिका अध्यक्ष चालिसेले सबैलाई आभार व्यक्त गर्दै संघको अधिवेशन बोलाएर पूर्णता दिने बताए ।





