पोखरा/ मार्फा थकाली समाज सेवा सदन पोखराको ५३औं वार्षिकोत्सव तथा १८औं महाधिवेशन देवकुमारी हिराचनलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । समाजको ५३ वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष चयन गरि इतिहास रच्न सफल भएको छ।
उपाध्यक्षमा पूर्णमान लालचन, महासचिवमा मखनलाल हिराचन, सचिवमा राजु लालचन, कोषाध्यक्षमा इ पूर्णबहादुर ज्वारचन चयन भए। त्यसैगरी, प्रदीप हिराचन, निरण ज्वारचन, पूर्ण ज्वारचन, वसन्त हिराचन, सञ्जु लालचन, बुद्धिकुमारी लालचन, प्रिमो लालचन तथा सुनकुमारी हिराचन समाजका सदस्य बनेका छन् ।
यसै अवसरमा मार्फा थकाली महिला समितिको नयाँ कार्यसमिति चयन भएको छ। महिला समितिको अध्यक्षमा विष्णु ज्वारचन माइली, उपाध्यक्षमा आइतकुमारी लालचन, सचिवमा पुनम हिराचन, कोषाध्यक्षमा रामकुमारी ज्वारचन चयन भएका छन्। सदस्य पदमा सीता लालचन, सतकुमारी पन्नाचन, विष्णु ज्वारचन, विनु लालचन, रचना लालचन, सविता पन्नाचन तथा विष्णु हिराचन मनोनीत भएका छन्।





