पोखरा/ मतपत्र छपाईमा त्रुटी भेटिएपछि मंगलबारको स्ववियु निर्वाचन स्थगीत भएको पोखरा पृथ्वीनारायण (पिएन) क्याम्पसमा यही चैत १० मा निर्वाचन हुने भएको छ ।
निर्वाचन समिति, क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुको बुधवार भएको बैठकबाट मतदान गर्ने मिति तय भएको निर्वाचन समिति सदस्य विष्णु गौतमले जनाए । मंगलबार बिहान ८ बजे मतदान सुरु भएपछि मतपत्रमा एक जना उम्मेदवारको रेजा लगाउने ठाउँ नभएपछि विवादका कारण स्थगित मतदान अनिश्चित बनेको थियो ।
अखिल (छैटौं) बाट स्ववियु अध्यक्षका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स मतपत्रमा छुटेको भेटिएपछि मंगलबारको मतदान रोकिएको थियो । यस क्याम्पसमा स्वतन्त्रसहित ८ अध्यक्षका उम्मेदवार छन् ।





