आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा महानगरमा उजुरी हेर्ने अधिकारी कपिल गिरी २५ हजार घुससहित पक्राउ

पोखरा महानगरमा उजुरी हेर्ने अधिकारी कपिल गिरी २५ हजार घुससहित पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८१, बिहिबार

पोखरा/ पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको हो ।

अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले बताएका छन् । प्रशासकीय अधिकृत रहेका गिरी पोखरा महानगरपालिकामा अख्तियार सम्बन्धी उजुरीको जवाफदेही अधिकारी हुन् । अख्तियारले सोधेका प्रष्टीकरण वा प्रश्नहरुको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी हो । सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग तिम्रोविरुद्ध अख्तियारमा उजुरी छ म मिलाइदिन्छु भनी गिरीले घुस मागेका थिए ।

महानगरपालिका कार्यालयभन्दा बाहिर अख्तियारका कर्मचारीले गिरीलाई पक्रेका हुन् । स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगपालिकामा थिए । बढुवा भएपछि पोखरा महानगर पोस्टिङ भएका उनी केही समय वडा नम्बर १७ मा थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->