आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाली कांग्रेस पोखरा–२० का सभापति गुरुङको निधन, कास्की कांग्रेसद्वारा शोक व्यक्त

नेपाली कांग्रेस पोखरा–२० का सभापति गुरुङको निधन, कास्की कांग्रेसद्वारा शोक व्यक्त


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८१, शनिबार

पोखरा/ नेपाली काँग्रेस पोखरा महानगर वडा कार्यसमिति २० का सभापति सु.तिलवहादुर गुरुङ्ग ७२ वर्षको उमेरमा शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गुरुङ केही समययता मृगौला र निमोनियाबाट पीडित थिए ।

स्वर्गीय गुरुङ सामाजिक क्षेत्रमा क्रियाशिल रही विभिन्न संघ संस्थाको महत्वपूर्ण जिम्मेवारीहरु निर्वाहसमेत गरिसकेका थिए ।यसैबीच पार्टी आदर्श र सिद्धान्तप्रति निष्ठावान गुरुङको असामयिक निधनले पार्टीको संगठनमा गम्भिर क्षति पुगेको कांग्रेसले जनाएको छ । कास्की कांग्रेसका सभापित किशाेरदत्त बरालले आज एक शोक विज्ञप्ति जारी गर्दै गुरुङको निधनले स्तब्ध भएको जनाउँदै गहिरो दुख व्यक्त समेत गरेका हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहने गुरुङ सिद्धान्तप्रति निष्ठावान र सामाजिक व्यक्तित्व रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी नेपाली काँग्रेस मादी गाउँपालिका– ४ का पूर्व इकाई सभापति एवं नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधी रविकान्त सापकोटाको पनि चैत ८ मा ६९ वर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका, लामो समयसम्म शिक्षण सेवा गरी निवृत्ति पश्चात् २०४६ सालदेखिनै नेपाली काँग्रेसको संगठन निर्माणमा निरन्तर लागेका सापकोटाको निधनले काँग्रेसको संगठनमा अपूरणिय क्षति भएको शोक विज्ञप्तिमार्फत जनाएको छ । पार्टीको आर्दश, सिद्धान्तप्रति निष्ठावान, कर्मशील र सांगठनिक व्यक्तित्व रविकान्त सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त पनि विज्ञप्तिमा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->