आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

९२७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो

९२७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०८१, आइतबार

पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा ५० प्रतिशत भन्दा पनि कम मत खसेको छ । ९ हजार २ सय ७० मत रहेको क्याम्पसमा जम्मा २ हजार ८ सय ९७ (३१.२५ प्रतिशत) मतमात्रै खसेको छ ।

यही चैत ५ गते मतदानको तालिका रहे पनि मतपत्रमा त्रुटी देखिएपछि स्थगीत चुनाव आज भएको हो । बिहान ८ बजे सुरु भएको मतदान ४ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्ववियु निर्वाचन अधिकृत प्रा.डा रामचन्द्र पोखरेलले बताए । स्ववियु निर्वाचनमा सभापति पदमा ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र उम्मेदवार छन् । एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार सभापतिका उम्मेदवार हुन् ।

समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य०) का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->