आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सशस्त्र प्रहरीका निरीक्षक सन्तोषी मृत्यु प्रकरणमा हवल्दार पनि पक्राउ

सशस्त्र प्रहरीका निरीक्षक सन्तोषी मृत्यु प्रकरणमा हवल्दार पनि पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०८१, आइतबार

पोखरा/ सशस्त्र प्रहरी बलको पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत प्रहरी निरीक्षक सन्तोषी महतलाई आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको आरोपमा सोही शिक्षालयका हवल्दार रेशमबहादुर शाही पनि पक्राउ परेका छन् । तालिम प्रशिक्षकसमेत रहेका शाहीलाई यही चैत ६ मा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

निरीक्षक महत गत फागुन १० मा लामापाटनस्थित कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा यसअघि सशस्त्रकै अर्का निरीक्षक विवेक जोशी पक्राउ परेका थिए । जोशी तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत थिए । उनीहरूविरुद्ध अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमार्फत कास्की जिल्लाअदालतमा मुद्दा दायर गरिएको छ ।
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंह नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै निरीक्षक बनेकी थिइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->