आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पृथ्वीनारायण क्याम्पसको स्ववियुमा २३ औं पटक निरन्तर अनेरास्ववियु बिजयी

पृथ्वीनारायण क्याम्पसको स्ववियुमा २३ औं पटक निरन्तर अनेरास्ववियु बिजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८१, मंगलबार

पोखरा/ देशकै ठूलोमध्ये एक पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलै बिजयी भएको छ । मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार अनेरास्ववियुका विष्णु पोखरेल नेतृत्वको प्यानलै बिजयी बनेको हो । यस क्याम्पसमा स्ववियु गठन भएयता अनेरास्वयियुको लगातार यो २३ औ पटकको बिजय हो ।

स्ववियु सभापतिमा बिष्णु पोख्रेलले १०८० ,सचिवमा बिराट दुवाडीले १३७९ र कोषाध्यक्षमा सन्दिका गुरुङले १२७९ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी छ ।

यही चैत ५ मा स्थगीत भएको स्ववियु निर्वाचन १० गते आइतबार भएको थियो । ९२७० मतदाता रहेको भए पनि निर्वाचनमा भने एक तिहाइ भन्दा पनि कम अर्थात २ हजार ८ सय ९७ (३१.२५ प्रतिशत) मात्र मत खसेको थियो । क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->