आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

उपभोक्ता हित नै प्राथमिकतामाः खानेपानी महाप्रबन्धक ढकाल

उपभोक्ता हित नै प्राथमिकतामाः खानेपानी महाप्रबन्धक ढकाल


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८१, मंगलबार

पाेखरा/ नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उपभोक्ताको हितमा रकम खर्च गरिने बताएका छन् । संस्थानले नेपाल सरकारसँग आवश्यक छलफल, परामर्श तथा नयाँ योजनामार्फत् लगानीको वातावरण सिर्जना गरिनेमा जोड दिएका हुन् ।

उनले बजेटको अभावमा उपभोक्ताको घरमा पानी नजाने समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाए । पोखरा शाखाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खरिद प्रक्रियालाई प्रभावकारी बनाउन, मितव्ययिता अपनाउन, कामै गरेर सुधार गर्न, उपभोक्ताको सेवालाई पहिलो प्राथमिकता दिन, करार, ज्यालादारी र स्थायीबीच फरक नछुट्याउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

पोखरा शाखाका प्रमुख आशिष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले विभेदको नीति अन्त्य गरेर अव्बल संस्थान बनाउने अभियानमा साथ दिने बताए । पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मीले सञ्चालन गरेको सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका केन्द्रीय महासचिव वसन्तराज भण्डारीले सवै मिलेर संस्थानलाई विश्वसिलो र भरपर्दो बनाउनु पर्ने बताएका थिए । सभा समापन गर्दै पोखराका प्रमुख आशिष कार्कीले उपभोक्ताको सेवामा हर समय खर्चने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->