आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

हेमजामा व्यावसायिक तालिम केन्द्र स्थापना

हेमजामा व्यावसायिक तालिम केन्द्र स्थापना


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८१, मंगलबार

पोखरा/ शुभ अवसर ग्राम नेपालले महिलाको व्यवसायिक सीप विकास गर्न पोखरा महानगरपालिका २५ हेमजामा व्यावसायिक तालिम केन्द्र स्थापना गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार विकास केन्द्रको उद्घाटन गरेकी छन् ।

केन्द्रमा ३ महिने कम्प्युटर तालिम, ६ महिने सिलाइकटाइ र ब्युटीपार्लरको तालिम प्रदान गरिनेछ । एक वर्षमा ७० जनालाई कम्पुटर, २० जना सिलाइकटाइ र १० जना लाइ ब्युटीपार्लरको तालिम दिने संस्थाले बताएको छ ।

संस्थाकी निर्देशक अन्थोनिया सूसइले संस्थाले आन्तरिक तथा सीमापार मानव बेचबिखन प्रभावितहरुको संरक्षण गर्दै आएको बताइन् । संस्थाले काठमाडौं कास्की र रुपन्देहीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिइन् । वडा नम्बर २५ की कार्यवाहक अध्यक्ष तारा विश्वकर्माले केन्द्रमा झोलसाबुन बनाउने तालिम लिएको बताउँदै सुविधा सम्पन्न तालिम केन्द्र स्थापना भएकोमा खुसि व्यक्त गरिन् । सिप प्रदान गरी आर्थिक सशक्तिकरणमा योगदान पुग्ने उनको भनाइ छ । मिलिजुली आमा समूहकी अध्यक्ष सकुन्तला पहारीले पनि संस्थाबाटै झोल साबुन बनाउने तालिम लिएर उत्पादन गरि आम्दानी गरिरहेको बताइन् ।

उपमेयर गुरुङले महानगरले संस्थासँग सहकार्य गर्ने बताइन् । महिलाले व्यवसाय सञ्चालन गर्न ऋण प्रदान गरिने जानकारी दिइन् । पोखरा महानगरपालिकाकी सामाजिक विकास महासाखा प्रमुख निर्मला शर्माले तालिम केन्द्र स्थापन गर्न आर्थिक सहयोग गरेकोमा धन्यवाद दिइन् ।
संस्थाका उपाध्यक्ष कृष्णबहादुर बोगटीले संस्थाले जोखिम अवस्थामा रहेका महिला तथा किशोरीलाई निरन्तर सहयोग गर्ने र सम्पूर्ण सरकारी तथा अन्य सरोकार वालासँग सहकार्य गर्ने बताए ।

भिलेज अन्डर स्टार नामक फ्रान्सको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आर्थिक सहयोग तालिम केन्द्रको स्थापना गरिएको हो । कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम व्यवस्थापक विकाश ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->