आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाल घुम्न आएकी अमेरिकी महिलाको पोखराबाट अपहरण, एकजना पक्राउ

नेपाल घुम्न आएकी अमेरिकी महिलाको पोखराबाट अपहरण, एकजना पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८१, बिहिबार

पोखरा/ नेपाल घुम्न आएकी एक अमेरिकी महिला पर्यटक पोखराबाट अपहरणमा परेकी छन् । घटनामा संलग्न भएको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–३ बस्ने ३७ वर्षीया सरिता लामा पक्राउ परेकी छन् ।

मुस्ताङको मुक्तिनाथ मन्दिर भ्रमणमा आएकी ७० वर्षीया महिला गत आइतबार अपहरणमा परेकी हुन् । पोखराको लेकसाइडस्थित होटलमा बसेकी ती अमेरिकीलाई लामाले हेटौंडा पुर्‍याएकी थिइन् । अमेरिकीसंग पुरानै चिनजान रहेकी लामाले बन्धक बनाएर ३ लाख यूरो फिरौती मागेकी थिइन् । यो जानकारी पीडितले नेपालस्थित अमेरिकी दूतावासलाई गराइन् । दूतावासले मंगलबार जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय कास्की, केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले ती महिलाको खोजी थालेका थिए । अपहरणमा परेकी अमेरिकी महिलाको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जनाए । लामाले आफ्नो घर जान प्रस्ताव गरेर पीडित महिलालाई हेटौंडा पुर्‍याएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->