आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

शान्ति सुरक्षा खलबलिन दिन्नौं : प्रजिअ गुरुङ

शान्ति सुरक्षा खलबलिन दिन्नौं : प्रजिअ गुरुङ


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८१, बिहिबार

बागलुङ/जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि अप्रिय घटना हुन नदिने प्रतिवद्धता जनाएका छन् । गत आईतबार जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी समाल्न यहाँ आएको गुरुङले बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा र दैविक प्रकोप पछिको उद्धारका लागि प्रशासन जिम्मेबार भएर लाग्ने बताए ।
उनले जिल्ला प्रशासन कार्यालय र माताहातका सुरक्षा निकायबाट प्रवाहहुने सुवालाई चुस्त बनाईने बताए । नागरीकता, पासपोर्ट लगायतका अत्यावश्यक कागजात बन्ने कार्यालयलाई कम झन्झटिलो बनाउन आफु प्रतिबद्ध रहेको गुरुङले बताए । जिल्लाको पश्चिम क्षेत्रका नागरिकका लागि बुर्तिबाङमा रहेको प्रशासनीक इकाईमा कर्मचारीको समस्या रहेको भन्दै उनले तत्काल कर्मचारीको समस्या समाधान गर्नेगरी पहल भैरेको बताए ।
पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय आफैले गरेको त्रुटीमा समेत नागरिकलाई दुःख दिने, दैविक प्रकोपमा परेका नागरिकलाई राहत तथा पुनस्थापना ढिलाई हुने गरेको, प्रशासनबाट प्रवाह हुने सेवा पाउन बेला बेला नागरिकले दुःख पाएका घटना सार्वजनिक हुने गरेको, बजार अनुगमन, सार्वजनिक सुनुवाई र सूचना अधिकारीले दिने सूचनामा पत्रकारको पहुँच नपुगेको लगायतका जिज्ञासा राखेका थिए । जिल्लामा सरोकारवाला र पत्रकारले दिएका सुझाव आफुले ममन गरेको भन्दै गुरुङ स्थानीय प्रदेश सरकारका बिभिन्न निकायमा काम गर्दाका अनुभव संघीय कार्यालयमा काम लाग्ने भन्दै सबैको चित्तबुझ्नेगरी काम गर्ने बताए ।
यसअघीका प्रजिअ नेत्र प्रसाद सुवेदीको गृह मन्त्रालयमा सरुवा भएपछि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमा रहेका गुरुङ बागलुङको प्रजिअका रुपमा आएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->