आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अमेरिकी नागरिकको अपहरण गरी ३ लाख युरो माग्ने महिला पक्राउ

अमेरिकी नागरिकको अपहरण गरी ३ लाख युरो माग्ने महिला पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८१, बिहिबार

पोखरा/अमेरिकी नागरिकलाई बन्धक बनाइ तीन लाख रुपैयाँ युरोको माग गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट बेलकोटगढी नगरपालिका ४ बस्ने ३७ वर्षीया सरिता लामाले पोखराको एक होटलबाट ७० वर्षीया अमेरिकी नागरिकलाई अपहरण गरेकी थिइन् । लामाले अमेरिकी नागरिकलाई मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानी पु¥याएकी थिइन् ।

नेपालस्थित अमेरिकी राजदूताबासले आफ्नो देशकी नागरिक अपहरणमा परेको जानकारी गराएपछि कास्की प्रहरीले ती महिलाको खोजी तीव्र पारेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट सुरु गरिएको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुर पनि मिसिएका थिए ।

प्रहरीको संयुक्त टोलीले अमेरिकी नागरिकलाई अपहरण मुक्त गर्दै लामालाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->